पेट्रोलियम पदार्थको अत्याधिक मूल्य वृद्धिकाे विरोधमा आज शनिबार झापाको अर्जुनधारामा नेकपा एमाले निकट युवाहरुले विरोध प्रदर्शन गरेका छन । प्रदर्शनमा रास्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुका नेता कार्यकर्ता सहभागी थिए।नेकपा एमाले अर्जुनधारा वडा नं ८ स्थित वडा कमिटीको कार्यलय वाट निस्किएको र्याली शनिश्चरे बजारमा पुगेर कोण सभामा परिणत भएको थियो । उनिहरुले मोटरसाइकल डोहोर्याएर प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा “नाफा घाटा जान्दैनौ मूल्य वृद्धि मान्दैनौ “, “गठवन्धनको पाराले दुख पायो साराले”, गठबन्धन सरकार मुर्दावाद नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाएका थिए ।
बिरोध सभामा बोल्दै युवा संघ नेपालका जिल्ला अध्यक्ष सागर पोर्तेलले परमादेशवाट आएको गठवन्धन सरकार जनताको ढाड सेक्न तत्पर रहेको बताए । सरकारले पेट्रोलियम पदार्थ तथा खाध्य सामाग्रीको मूल्य वृद्धि गराएर नागरिककाे मौलिक अधिकार हनन गरेको आरोप लगाए ।
यस्तै युवासंघ नगर कमिटी अध्यक्ष सुरेन राईले सरकार आफै ब्यापार गर्न थालेको र अन्तरास्ट्रिय मूल्य समायोजनका नाममा महंगी वृद्धि गर्दै अनेकौं सपना बाडेको बताए । राईको नेतृत्वमा निस्किएको स्वतस्फूर्त युवाहरूको समूहले मुल्य वृद्धि फिर्ता नभए कडा संघर्षका कार्यक्रम गरिने उद्घोष गरेका थिए । प्रदर्शनमा केन्द्रिय सदस्य कर्मसेन गोम्देन लगायतका नेताकार्यकर्ताको उपस्तिथि रहेको थियो ।







