• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउनुपर्ने गगनकुमार थापाको भनाइ


  •    संवाददाता/ शनिबार, जेठ १४, २०७९  

  • नेपाली कांग्रेसका महामन्त्री तथा सासंद गगनकुमार थापाले पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउनुपर्ने बताएका छन्।

    शनिबार प्रतिनिधि सभा बैठकको नीति तथा कार्यक्रममको छलफलमा बोल्दै उनले पेट्रोलियम पदार्थ सबभन्दा धेरै आयात हुने र त्यसको असर नेपालको अर्थतन्त्रमा परिरहेको बताए।

    Advertisement

    ‘पेट्रोलियम पदार्थ करिब १५ प्रतिशतभन्दा बढी आयातको हिस्सा भएको ठाउँमा र अन्तर्राष्ट्रिय बजार, त्यसको मूल्य, खुला सीमाना, हामीले चाहेर पनि त्यसको मूल्य केही गर्न नसकिने, यस्तो अवस्थामा हामीले पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने महत्वाकांक्षी सोच राख्नै पर्छ,’ उनले भने, ‘सरकारको नीति कार्यक्रममा परेको छ। तर यो सबै एक ठाउँमा राखेर प्रत्येक दिन, प्रत्येक घण्टा हाम्रो पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने कुरा आजको सबैभन्दा ठूलो प्राथमिकता हुनुपर्छ। यो हाम्रो राष्ट्रिय सुरक्षासँग जोडिएको विषय पनि हो।’

    Advertisement

    त्यस्तै, नेपालमा सामानहरू आयात हुने क्रम हरेक वर्ष बढ्दै गएको पनि उनले बताए। जसकारण व्यापार घाटा पनि बढिरहेको उनले बताए।

    ‘हाम्रो आम्दानीको स्रोत सीमित छ। रेमिटेन्सबाट पैसा आउँछ, थोरैमात्रै वैदेशिक लगानी आएको छ, थोरैमात्र अनुदान आएको छ। हाम्रो खर्च यसरी नै हुँदै गयो भने यसको लागि कुनै रकेट साइन्स चाहिँदैन। हामीले सामान्य ढंगले घर चलाएको हेर्‍यौं भने पनि आम्दानी थोरै खर्च धेरै भयो भने हामीले थेग्न सक्दैनौं,’ उनले भने।

    कतिपय देशलाई व्यापार घाटा ठूलो विषय नभए पनि नेपालको परिस्थिति अनुसार चिन्ताको विषय भएको उनले बताए।

    ‘नेपालको जुन खालको आर्थिक परिस्थिति छ हाम्रो लागि व्यापार घाटा सबैभन्दा ठूलो चिन्ताको विषय हो,’ उनले भने, ‘११ गुणा बढीले सामान आयात गरिरहेको अवस्था छ। यसको सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थको छ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    ताजा अपडेट
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.