• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रेस युनियनको महाधिवेशन गर्न नसकेका युनियनका अध्यक्ष बद्री सिग्देललाई सल्लाहकारले झपारे


  •    संवाददाता/ शनिबार, जेठ १४, २०७९  

  • प्रजातन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन गर्न नसकेका युनियनका अध्यक्ष बद्री सिग्देललाई सल्लाहकारले झपारेका छन् ।

    युनियनको ३१ औँ स्थापना दिवसका अवसरमा आज केन्द्रीय कार्यालयमा थापागाउँमा आयोजना गरेको कार्यक्रममा युनियनका पूर्व अध्यक्ष र सल्लाहकारलाई बोल्न नदिई आफू एक्लैले मात्र बोलेपछि सल्लाहकारले झपारेका हुन् ।

    Advertisement

    युनियनका कोषाध्यक्ष सरोज अधिकारीको डिजाइनमा अध्यक्ष सिग्देलले स्थापना दिवसजस्तो कार्यक्रममा पूर्वअध्यक्ष र सल्लाहकारहरुलाई बोल्न नदिएपछि युनियनका सल्लाहकार कविर राणाले सिग्देललाई सार्वजनिक कार्यक्रममा नै झपारेका हुन् । राणाले अध्यक्ष सिग्देललाई प्रेस युनियन ‘तँ एक्लैको हो’ भनेर सार्वजनिक कार्यक्रममा झपारेको कार्यक्रममा सहभागी एक पत्रकारले बताए ।

    Advertisement

    समकक्षी प्रेस संगठनका अध्यक्ष एवम् पदाधिकारीलाई समेत आमन्त्रण गरिएको कार्यक्रममा अध्यक्ष सिग्देलमाथि भएको व्यवहारले युनियनकर्मीसमेत रमिता हेरेर बसेका थिए ।

    वि.सं. २०७१ भदौ २४ गते पोखरामा सम्पन्न आठौँ महाधिवेशनबाट तीन वर्षका लागि अध्यक्ष बनेका सिग्देलले ८ वर्ष ९ महिना १३ दिनसम्म पनि नवौँ महाधिवेशन गर्न सकेका छैनन् ।

    सिग्देलले ६ पटकसम्म महाधिवेशनको मिति तोक्दै सार्दै गरेपछि उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै युनियनका पदाधिकारी एवं सदस्यले महाधिवेशन सुनिश्चितताका लागि छुट्टै विशेष भेलाको आयोजनासमेत गरेका छन् ।

    बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा आयोजना गरेको कार्यक्रममा पार्टीका नेताहरु एवम् युनियनका पूर्व अध्यक्ष एवम् सल्लाहकारको उपस्थिति थियो । प्रेस युनियनका संस्थापक नेता हरि अधिकारी, शोभाकर पराजुली, युनियनका पूर्व अध्यक्षहरु रमेश तुफान, कुलचन्द्र वाग्ले, किरण पोखरेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु डा। सुरेश आचार्य, तारानाथ दाहाललगायतको उपस्थिति रहेको उक्त भेलाले युनियनलाई बन्धक बनाएर राख्न नहुने नित्कर्ष निकालेको छ ।

    युनियनका वर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले अध्यक्षता गरेको उक्त भेलाले यही भदौ २८ र २९ गते काठमाडौंमा नवौँ महाधिवेशनको मितिसमेत तोकेको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.