हिन फाउन्डेसन नेपालले झापा बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिएको छ ।
बिर्तामोड ३ मा रहेको फाउन्डेसनले नगर प्रमुख पबित्रा महतरा प्रसाईं र उप-प्रमुख नगेन्द्र संग्रौलालाई नगरपालिमाको कार्यालयमा शुभकामना दिएको अध्यक्ष पुष्प पाठकले जानकारी दिए ।
यस्तै फाउन्डेसनले १० वटै वडाका वडाध्यक्षलाई पनि उनीहरुको कार्यकक्षमै पुगेर बधाई दिएको हो । जनप्रतिनिधिहरु जनताको काममा ब्यस्त भएकाले समयको महत्त्व बुझेर कार्यालयमै बधाई तथा शुभकामना दिएको अध्यक्ष पाठकले बताए ।
संस्थाका उपाध्यक्ष लोकनाथ खरेल,सचिव शंकर चौलागाईं सह-सचिव जिवन खनाल,सदस्य-अर्जुन कडरिया, बालकृष्ण घिमिरे , कोषाध्यक्ष मधुर सिटौलाको उपस्तिथि रहेको थियो ।
Advertisement







