मानसिक अस्वस्थताका धेरै लक्षणहरू १४ वर्षको उमेरभन्दा अगाडि नै देखिन्छन्। तर ठीक समयमा पहिचान र उपचार उपलब्ध भएमा धेरैजसो मानसिक समस्याहरूलाई व्यवस्थापन गर्न सकिन्छ।
यसका लागि उमेर सुहाउँदो स्वास्थ्य सेवाहरू उपलब्ध गराउनका साथै मानसिक स्वास्थ्यको बारेमा सामाजिक चेतना र बुझाईमा सुधार ल्याउन जरुरी छः आफ्ना बालबालिका तथा किशोरकिशोरीलाई उनीहरूका भावनाहरू खुला ढङ्गले व्यक्त गर्न अभिप्रेरित गरौं, बेलैमा आवश्यक सहयोग मागौं र सहयोग गरौं।
यदि तपाईं वा तपाईंले चिन्नुभएको कोहिलाई गाह्रो भइरहेको छ भने निम्न सेवाहरू उपलब्ध छन्ः
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मनोसामाजिक हेल्पलाइनहरू : १६६००१२१६००, ११६६
टिपीओ (TPO) नेपाल – १६६००१०२००५
कान्ति बाल अस्पताल – १६६००११०६६६
शिक्षण अस्पताल – ९८४९६३०४३०, ९८४००२१६००
Advertisement







