जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा सांसद हृदेयश त्रिपाठीले स्थानीय तहको निर्वाचनबाट दलीय व्यवस्था हटाउनुपर्ने बताएका छन् । काठमाडौं, धरानलगायतको उदाहरण दिँदै उनले सुशासन बढाउनका लागि पनि यो आवश्य भएको बताएका हुन् ।
बिहीबारको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममा संसोधन प्रस्ताव राख्दै उनले स्थानीय तह निर्वाचनमा दलविहीन भयो भने जनताले सही र उचित व्यक्तिलाई मत हाल्न पाउने जानकारी दिए ।
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा २०७९÷८० मा कार्यक्रमहरू भए पनि नीति भने कतै नभएको बताए । उनले ६ वटा बुँदामा प्रस्ताव राख्दै कृषि, बैंक, महालेखा, निजामती विधेयक, नागरिकतासम्बन्धी ऐन, परीक्षण लगायतका विषयमा संशोधन प्रस्ताव राखेका छन् ।
Advertisement







