• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मन्त्रीको गाडी रोकेर पेट्रोलियम पदार्थ मूल्यवृद्धि विरूद्द प्रदर्शन


  •    संवाददाता/ बिहिबार, जेठ १२, २०७९  

  • प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी चढेको गाडी विद्यार्थीले सडकमै रोकेर विरोध प्रदर्शन गरेका छन्।

    बिहीबार बिहान ९ बजे क्याम्पसदेखि चारआली डिपोसम्म र्‍यालीसहित विरोध प्रदर्शन गर्दै जाने क्रममा मन्त्री सरावगी सवार प्रदेश १–०४–००१ झ ००३२ नम्बरको सेतो रङ्गको गाडी विद्यार्थीहरूले २० मिनेटसम्म रोकेर राखेका थिए।नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु त्रिदेव क्याम्पस चारआलीका विद्यार्थीहरूले पेट्रोलियम पदार्थ मूल्यवृद्धि फिर्ताको माग राख्दै नेपाल आयल निगम, चारआली डिपो घेराउ गर्न जाने क्रममा मन्त्री सरावगी चढेको गाडी रोकेर विरोध प्रदर्शन गरेका हुन्।

    Advertisement

     

    Advertisement

    विद्यार्थीले मन्त्री सवार गाडी रोकेपछि प्रहरी टोली तत्काल घटनास्थल पुगे र त्यसपछि विद्यार्थीले मन्त्रीको गाडी छाडेका थिए। साथै विद्यार्थीहरूले सरकारी नम्बर प्लेट भएका दुई वटा गाडी र एउटा मोटरसाइकलको चाबी खोसेर प्रहरीलाई जिम्मा लगाएको विद्यार्थी नेता विशाल गिरीले जानकारी दिए।

    त्यसपछि विद्यार्थीको र्‍याली चारआली डिपो घेराउ गर्दै पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ताको माग राख्दै विद्यार्थी सङ्गठनद्वारा नेपाल आयल निगम चारआली डिपो घेराउ पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, विदेशी दलाल होसियार, गठबन्धन सरकार मुर्दावाद भन्दै नाराबाजी समेत गरेका थिए।

    अनेरास्ववियुका झापा जिल्ला अध्यक्ष रोशन लामाको नेतृत्वमा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य दुर्गा धमला र जिल्ला सचिव नारायण पोखरेलले मन्तव्य राखेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.