प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एउटा अभिव्यक्तिप्रति प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले प्रचण्डले चितवनमा सत्ता गठबन्धन विजयी नभए देश दुर्घटनामा जाने भन्दै दिएको अभिव्यक्ति मतदातालाई धम्याउने कार्य भएको बताए ।
भरतपुरमा आयोजित चुनावी सभामा प्रचण्डले भरतपुरमा मेयर पदमा माओवादी विजयी नभए देश दुर्घटनामा पर्ने बताएका थिए । सोही भनाइप्रति ओलीले संसद्मा प्रश्न गरेका हुन । भरतपुरमा प्रचण्डकी छोरी रेनु दाहाल मेयरमा निर्वाचित भएकी छन् ।
Advertisement







