गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका बिर्तामोडका जनप्रतिनिधिलाई सपथ ग्रहण गराईएको छ ।
१० बजे नव निर्वाचित नगर पबित्रा महतरा प्रसाईले जिल्ला अदालत कार्यालयमा सपथ ग्रहण गरेपछी दिउँसो २ बजे उनले नगरका अन्य जनप्रतिनिधिको सपथ ग्रहण गराएकी हुन् ।
नगरका १० वटै वडाका वडा अध्यक्ष , दलित महिला सदस्य , महिला सदस्य र खुल्ला सदस्यहरुको सपथ ग्रहण गराईयो । नगर प्रमुख प्रसाईले १० वडा अध्यक्ष र सबै वडाका ४० जना सदस्यलाई सपथ ग्रहण गराइकी हुन् ।
Advertisement







