झापाको शिवसताक्षी नगरपालिकाकाे प्रमुख तथा उप प्रमुखमा नेकपा ऐमालेले बाजि मारेकाे छ ।
नेकपा एमालेका मेघहाङ्ग थोप्रा (रोसन) ले ३४४८ मतान्तरले नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानालाई पराजित गरेका हुन । निर्वाचित थोप्राले १६४९८ मत प्राप्त गर्दै विजय भए । थाेप्रा ०७४ सालकाे स्थानीय निर्वाचनमा पनि ऐमाले बाट मेयरका आकाङ्क्षी थिए ।
त्यस्तै ०७४ काे स्थानीय तहमा ऐमालेका चन्द्रकुमार शेर्मा संग पराजय भोगेका ढुङ्गानाले १३०५० मात्र मत प्राप्त गर्दै थाेप्रासंग
पराजीत भएका छन ।
शिवसताक्षीकाे उपमेयर तर्फ पनि नेकपा ऐमालेकि नरमाया कार्की विजय भएकि छन । उनले १४१५५ मत प्राप्त गर्दै गठबन्धन तर्फका माअोवादिका उमेद्वार महेन्द्र भट्टराईलाई पराजित गरेकि हुन । भट्टराईले ९५२५ मत प्राप्त गरे । यो ४६३० काे मतान्तर हो ।
वडाअध्यक्षमा नेकपा ऐमालेले १,४,५,१० र ११ मा प्यानल सहित जितेकाे छ भने २ मा माअोवादि ले जितेकाे छ त्यस्तै ३,६,७,८ र ९ मा नेपाली कांग्रेस विजयी भएकाे छ ।
शिवसताक्षी प्रमुखमा ऐमालेका थोप्रा र उप प्रमुखमा कार्की
शिवसताक्षी प्रमुखमा ऐमालेका थोप्रा र उप प्रमुखमा कार्की
Advertisement
तपाईको प्रतिक्रिया







