आज निर्वाचन कार्यालय बिर्तामोड नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई बिजयी प्रमाणपत्र बितरण गरेको छ ।
कार्यक्रममा ५२ जना जनप्रतिनिधिलाई प्रमाणपत्र बितरण गरिएको हो ।
निर्वाचन अधिकृत कार्यालयका प्रमुख डम्वरप्रसाद काफ्लेले नगर प्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्र संग्रौलासहित निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणपत्र बितरण गरेका हुन् ।

प्रमाणपत्र वितरण गर्दै अधिकृत काफ्लेले निर्वाचित जनप्रतिनिधिको नेतृत्वमा स्थानीय तहको कार्यक्षमता बृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपाने, बिर्तामोडका डीएसपी रुगम कुँवर लगायतका र सहभागिता रहेको थियो।
कार्यक्रममा मेयर प्रसाईले निर्वाचनमा अहाेरात्र खटिने कर्मचारीलाई धन्यवाद दिइन् । उनले जनप्रतिनिधि मालिक नभई जनताको सेवकका रुपमा खट्नुपर्ने बताइन् ।
जनताका हरेक समस्या र सुखदुःखमा जनप्रतिनिधि साथी हुनुपर्छ, मेयर प्रसाईले भनिन् ।
कार्यक्रमको सहजीकरण बिर्तामोड नगरपालिकाका योजना अधिकृत जय तिम्सिनाले गरेका थिए।







