बिर्तामोड ७ । स्थानीय तहको निर्वाचन गत बैशाख ३० गते सम्पन्न भएको छ ।
जस अन्तर्गत बिर्तामोड नगरपालिकामा १० वटा वडा मध्ये १,२,३,४,७ र ९ नेकपा एमालेले जित हासिल गरेको छ भने ६ र १० नेपाली काङ्ग्रेस बिजयी भएको हो ।
वडा नम्बर ५ मा वडाध्यक्ष काङ्ग्रेस अनि बाँकी ४ सदस्य एमालेका निर्वाचित भएका छन् । यस्तै वडा नम्बर ८ मा राप्रपाले प्यानल नै बिजयी भए पछि नेपाली काङ्ग्रेस वडा सभापति उत्तम कट्टुवालले साधारण सदस्य समेत नरहने गरि राजीनामा गरेको घोषणा गरेका छन् ।
आफ्नो ब्यक्तिगत सामाजिक संजाल मार्फत वडा सभापति र साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

उनलेे नैतिक जिम्मेवारी लिदै सो घोषणा गरेको बताएका हुन् । बिर्तामोड ८ गरामनीमा बिजयी वडाध्यक्ष राप्रपाका अजय कार्कीले भारी मतान्तरले जित हासिल गरे भने काङ्ग्रेसका चिरञ्जीवी कार्की तेस्रो स्थानमा रहे । काट्टुवालले जीवन भरी गरिव दुखीको सेवा गर्ने भन्दै पार्टी बाट अलग भएको उल्लेख गरेका छन् ।







