शिवसताक्षी नगरपालिका वडा नं ७ मा गठबन्धन तर्फका वडाध्यक्ष सहित २ सदस्य र नेकपा एमालेका २ सदस्य निर्वाचित भएका छन् ।
वडाध्यक्षमा नेपाली कांग्रेसका भवानी चेम्जोङ्ग निर्वाचित भएका हुन् । नेकपा एमालेका मित्रलाला तिवारीलाई हराउँदै वडाध्यक्ष पदमा निर्वाचत भएका हुन् । चेम्जोङ्गले १४०४ मत प्राप्त गरे भने तिवारीले १३५६ मत प्राप्त गरेका थिए ।
महिला सदस्यमा नेकपा एमालेकी इन्द्रकुमारी श्रेष्ठले १४५८ र खुल्ला सदस्य विजुल प्रसाद लिम्बुले १४६४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
दलित महिला सदस्यमा नेपाली कांग्रेसकी पुजा नेपाली १४४१ मत र खुल्ला सदस्यमा सुरेशप्रसाद राजवंशी निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।
Advertisement







