• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा गाउँपालिकाको अध्यक्षमा काँग्रेसका जयनारायण साह पुनः निर्वाचित


  •    संवाददाता/ शुक्रबार, जेठ ०६, २०७९  

  • नेपाली काँग्रेसले झापा गाउँपालिकामा आफ्नो वर्चस्व कायम राखेको छ ।जिल्लाका अन्य पालिकाहरूमा गठबन्धन गरी चुनावी मैदानमा उत्रिएको काँग्रेसले झापा गाउँपालिकामा आफ्नै उम्मेदवार उठाएको थियो । काँग्रेसले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित पाँच वडाको अध्यक्ष जितेको छ ।

    गाउँपालिकाको अध्यक्षमा काँग्रेसका जयनारायण साह पुनः निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका गौरीशंकर राजवंशीलाई २ हजार ६३३ मतान्तरले पराजित गरेका हुन् । साहले ६ हजार ९९८ मत ल्याउँदा राजवंशीले ४ हजार ३६५ मत ल्याएका छन् । त्यस्तै अध्यक्ष पदका उम्मेदवार नेकपा ९माओवादी केन्द्र०का रुद्र बजगाईँले ३ हजार ७५५, राप्रपाका चन्द्रबहादुर कार्कीले ३०२, जसपाका मोहितलाल कामतीले ६२, जनमत पार्टीका लोथ्रो हेमरमले ५८, स्वतन्त्र लक्ष्मीप्रसाद गणेशले ४८ र मंगोल नेशनल अर्गनाइजेसनका दुर्गादेवी तामाङले १८ मत ल्याएका छन् ।

    Advertisement

    त्यस्तै गाउँपालिका उपाध्यक्षमा काँग्रेसकी अन्जुदेवी थपलिया निर्वाचित भएकी छिन् । उनले एमालेकी देवीमाया अधिकारीलाई एक हजार ४९७ मतान्तरले पराजित गरेकी छिन् । थपलियाले ५ हजार ८६८ मत ल्याउँदा अधिकारीले ४ हजार ३७१ मत ल्याएकी छिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष काँग्रेसले गुमाएको थियो । उपाध्यक्ष एमालेले जितेको थियो ।

    Advertisement

    यता उपाध्यक्ष पदमा माओवादीका उम्मेदवार मुन्नावती गणेशले २ हजार ८०४, राप्रपाकी तारामाया राईले ७५४, नेकपा ९एकीकृत समाजवादी० का ईश्वरप्रसाद दाहालले ७१ मत ल्याएका छन् । त्यसैगरी काँग्रेसले वडा नम्बर १, २, ४, ६ र ७ मा वडा अध्यक्ष जितेको छ । वडा १ मा राजकुमार यादव, २ मा हिमालकुमार चम्लागाई, ४ मा महमद ताहिर, ६ मा नविनकिशोर थापा र ७ मा शखीचन्द्र ठाकुर वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नं ३ मा भुइँकटहर चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार सुभाषलाल गणेश र ५ मा भुइँकटहरकै स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.