कैलालीको भजनी नगरपालिकामा रोचक परिणाम सार्वजनिक भएको छ । यहाँ पाँच दल चुनावी मैदानमा छन् । उनीहरूले विभिन्न पदमा समान मत पाएका छन् । रेशम चौधरीले नेतृत्व गरेको रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले सर्वाधिक मत पाएको छ ।
मत परिणामअनुसार सातै पदमा एउटै मत छ । उनीहरू सबैले ४३२ मत पाएका छन् । दोस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादी केन्द्र उपप्रमुख बाहेक ६ पदमा उम्मेदवारी दर्ता गरेको थियो । ती सबै पदमा पनि समान २२२ मत प्राप्त भएको छ ।
त्यस्तै, कांग्रसले उपप्रमुखमा मात्रै उम्मेदवारी दिएको छ । माओवादीले पाएको समान मत २२२ कांग्रेसको उपप्रमुखले पनि पाएका छन् ।
Advertisement
त्यस्तै, जनता समाजवादी पार्टीले सातै पदमा समान १५४ र नेकपा एमालेले पनि सातै पदमा समान १३६ मत पाएको छ । यो मत परिणाम ९४४ मत गणना गर्दासम्मको हो ।







