ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणना रोकिएको छ ।
आइतबार मतगणनाका क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ५५ वटा मतपत्र भेटिएपछि विवाद भएको थियो । विवाद बढ्दै गएपछि गणना रोकिएको जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेले जानकारी दिइन् ।
जिल्ला निर्वाचन अधिकृत घिमिरेका अनुसार अहिले सर्वदलीय बैठक बसेर समस्या समाधान गर्ने प्रयास भइरहेको छ ।
Advertisement
नगरपालिकामा एक हजार ४९८ मतगणना हुँदा प्रमुख पदमा सूर्य चिह्नमा ४६६ र हँसिया हतौडामा ४६७ मत प्राप्त भएको छ । यस्तै, उपप्रमुखमा सूर्यमा ६१२ र रुखमा ४०७ मत आएको छ ।







