बिर्तामोड ३१ । नगरपालिकामा आएको सरकारी गाडीमा नमूना मतपत्र भेटिएपछि विवाद भएको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाको गाडीमा नमूना मतपत्र भेटिएको हो । मतपत्र भेटिएपछि बिर्तामोड नगरपालिका अगाडि गठबन्धनका कार्यकर्ताले गाडी रोक्दा हुलदंगा भएको छ ।
सो गाडीको सुरक्षाका लागि प्रहरीले कडा सुरक्षा दिएको छ ।
अहिले बिर्तामोड नगरपालिका अगाडि नेपाली प्रहरी, सशस्त्र प्रहरीको संख्या बढाइएको छ ।
Advertisement







