• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा प्रवेश : गएराति देखि मौन अवधि सुरु


  •    संवाददाता/ बुधबार, बैशाख २८, २०७९  

  • वैशाख ३० गते हुने स्थानीय तहको आवधिक निर्वाचन अन्तिम र महत्वपूर्ण चरणमा प्रवेश गरेको छ । गएराति १२ बजेदेखि दल तथा तिनका उम्मेदवारले मत माग्न तथा अन्य प्रचारका कामहरु गर्न नपाउने गरी मौन अवधि सुरु भएको छ ।

    निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले मंगलबार एक विज्ञप्ती प्रकाशन गरी मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने स्मरण गराएका छन् । मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिहरुको सम्बन्धमा निगरानी राखी त्यस्तो गतिविधि हुन नदिन आयोगले सबै स्थानीय प्रशासनलाई निर्देशन गरेको जनाइएको छ ।

    Advertisement

    यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भई सकेका छन् । ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका आयोगका प्रवक्ता पौडेलले विज्ञप्तीमार्फत् जानकारी गराएका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदान स्थल कायम गरिएको तथा २१ हजार ९५५ मतदान केन्द्रहरु रहेको जनाइएको छ ।

    Advertisement

    यो पटक १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले जम्मा ३५ हजार २२१ जना उम्मेदवारमध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्न मतदान गर्दैछन् । मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरु सहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयम सेवकहरु आ–आप्नो मतदानकेन्द्रमा पुगी सकेको आयोगले जनाएको छ ।

    स्थानीय तह निर्वाचनमा भाग लिने भनि दर्ता भएका ७९ वटा राजनीतिक दलहरु मध्ये ६५ वटा राजनीतिक दलहरु मात्र चुनावी प्रतिस्पर्धामा छन् । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।

    यसैबीच, वैशाख २८ र २९ गते सबै मतदान स्थलहरुमा मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरुबाट मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सहि तरिका सम्बन्धी जानकारी दिने कार्यक्रम सुरु भएको छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताहरुलाई आज र भोलि सम्बन्धित मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गरिँदैछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.