स्थानीय तहको निर्वाचनमा हुनसक्ने दुरघटाना लाई मध्यनजर गरि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि नेपाल भारत सीमा बन्द गरेको छ ।
निर्वाचनको अघिल्लो दिनसम्म एम्बुलेन्स, शव वाहन, दमकल वैवाहिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधन र पेट्रोलियम पदार्थ बोकेको गाडी आवतजावत गर्न भने दिइने छ । ३० गते भने नाकाबाट एम्बुलेन्स र दमकलबाहेक कुनै पनि सवारी साधन आवतजावत गर्न निषेध गरिएको छ ।
Advertisement
निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्त वातावरणमा सम्पन्न गर्न प्रदेश १ को इलाम, झापा, मोरङ र सुनसरी नाका बन्द गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।







