• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कांग्रेस वडा अध्यक्ष उम्मेदवारका छोराले गरे एमाले कार्यकर्तामाथि आक्रमण


  •    संवाददाता/ मङ्गलबार, बैशाख २७, २०७९  

  • रूपन्देहीको तिलोत्तमामा एमाले कार्यकर्तामाथि आक्रमण भएको छ। आक्रमणमा परी तिलोत्तमा नगरपालिका वडा नम्बर १६ बिहुलीका सन्जीव भण्डारी र सागर रेग्मी घाइते भएका छन्।

    आक्रमणबाट भण्डारीको कान, छाती र टाउकोको पछाडि गहिरो चोट लागेको छ भने रेग्मीको अवस्था सामान्य छ। घाइते भण्डारीको अहिले क्रिमसन अस्पताल मणिग्राममा उपचार भैरहेको छ।

    Advertisement

    सोमबार राति साढे ११ बजेतिर आएका स्थानीय सन्जीव भुसाल, प्रवीन खड्का, ईश्वर केसी, लक्ष्मण रानालगायत ७र८ जनाको समूहले उनीहरूमाथि आक्रमण गरेका हुन्।

    Advertisement

    आक्रमण गर्ने भुसाल वडा नं. १६ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवार बनेका झविलाल भुसालका छोरा हुन्।

    एमाले तिलोत्तमा नगरपालिकाका निर्वाचन परिचालन कमिटीका संयोजक वासुदेव घिमिरेले पराजयको डरले कांग्रेस कार्यकर्ता आक्रमणमा उत्रिन थालेको आरोप लगाए।

    उनले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै एमालेले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन चाहेकोले आक्रमणका घटना रोक्न स्थानीय प्रशासनलाई आग्रह गरे।

    इलाका प्रहरी कार्यालय मंगलापुरले घटना भएको स्वीकार गर्दै यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

    इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीले घटनाका विषयमा मंगलापुर प्रहरीमा उजुरी लिन नमिल्ने भएकाले उजुरीका लागि बुटवल जान आग्रह गरिएको बताए।

    उनले कांग्रेस कार्यकर्ताबाट एमाले कार्यकर्ता पिटिएको स्वीकार गर्दै यस विषयमा अनुसन्धानपछि मात्र विस्तृत थाहा हुने बताए।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले भने आफू बाहिर भएकाले यसबारेमा बुझ्न नपाएको बताए।

    घटना रातिको भए पनि अहिलेसम्म प्रहरीले घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन।

    तिलोत्तमा नगरपालिका गृहमन्त्री बालकृष्ण खाणको गृहनगर हो। तिलोत्तमामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट गृहमन्त्री खाणका भाइ रामकृष्ण खाण र एमालेको तर्फबाट मोहन चापागाईं नगरप्रमुखमा उम्मेदवार बनेका छन्।

    नेकपा एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले गृहमन्त्री खाणकै गृहनगरमा विपक्षी पार्टीका कार्यकर्तामाथि आक्रमण सुरू भएपछि शान्ति सुरक्षामै गम्भीर प्रश्न उब्जिएकोले यस्ता घटना तत्काल रोक्न आग्रह गरे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.