• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेकपा विवाद झन बल्झिदै, लगानी बोर्डमा नियुक्तीलाई लिएर ओली -दाहाल खनाल चर्काचर्की


  •    संवाददाता/ बुधबार, साउन २१, २०७७  

  • काठमाडौँ । सरकारले लगानी बोर्डको कार्यकारी कार्यकारी अधिकृतमा सुशिल भट्टलाई नियुक्त गरेकोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालले असन्तुष्टि जनाएका छन् । मंगलबार साँझ बालुवाटारमा दुई अध्यक्षसहित नेता खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ सहभागि वार्ताको सूरुमै लगानी बोर्डको कार्यकारी प्रमुखमा भट्टको नियुक्तिको विषयलाई लिएर चर्काचर्की भएको एक नेताले बताए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको थियो ।

    ‘पाँच बजेदेखि ६ बजेसम्म छलफल भएको थियो । सुरुमा केहीबेर तनावको वातावरण भयो । भट्टको नियुक्तिको विषयलाई लिएर गम्भीर आपत्ति जनायौं । कमिसन एजेन्ट, इमेज ड्यामेज भएको मान्छेलाई नियुक्ति गर्ने हो ? पार्टीसँग किन सल्लाह गर्नुभएन रु तपाईंले जे गरे पनि पार्टीले समर्थन गर्छ भन्ने ठान्नु हुन्छ ? अबदेखि यस्ता नियुक्तिमा पार्टीमा सल्लाह गर्नुस् भन्यौं,’ छलफलमा सहभागि ती नेताले भने ।

    Advertisement

    जवाफमा ओलीले भट्टको बचाउ गरेका थिए । तर, फेरि दाहाल र खनालले त्यसको खण्डन गरेपछि ओलीले कुनै प्रतिक्रिया नजनाएको ती नेताले बताए । ‘केहीबेरको तनावपूर्ण अवस्थापछि दोस्रो एजेण्डामा प्रवेश गरेको थियो । एजेण्डा स्थायी कमिटी बैठक थियो । हामीले तुरुन्त स्थायी कमिटी बैठक राख्न जोड दियौं,’ ती नेताले भने, ‘उहाँले पहिला सचिवालय बैठक राख्ने त्यसपछि मात्रै स्थायी कमिटी बैठक राख्ने अडान दोहोर्‍याउनु भयो । सचिवालय वा केन्द्रीय कमिटीको जुन बैठक राखे पनि हामीलाई आपत्ति छैन । तर, स्थायी कमिटी बैठक जारी छ । त्यसलाई नटुङ्ग्याई अरुमा जान हुँदैन भनेर हामीले भन्यौं ।’

    Advertisement

    दुवै पक्षको अडानमा कायम भएपछि बुधबार फेरि छलफल गर्नेगरि वार्ता सकिएको पनि ती नेताले बताए । पाँच दिनपछि संवादमा बसेका ओली र दाहालबीच आइतबार पनि चर्काचर्की भएको थियो । साउन १३ को स्थायी कमिटी बैठक ओली एक्लैले स्थगन र अर्का अध्यक्ष दाहालले बहुमत सदस्यसहित संचालन गरेका थिए । यही विषयलाई लिएर आइतबार ओली र दाहालबीच आरोप–प्रत्यारोप भएको थियो ।

    ओलीले एकतर्फी रूपमा बैठक स्थगित गरेकोमा दाहालको असन्तुष्टि थियो भने स्थगित बैठक बहुमत सदस्यका नाममा दाहालले चलाएको भन्दै ओलीले आपत्ति जनाएका थिए । आइतबार करिब आधा घण्टा विवाद गरेपछि ओली र दाहाल नियमित विषयमा छलफलमा जुटेका थिए । तर, आइतबार, सोमबार र मंगलबारसम्म तीन दिन लगातार संवाद हुँदा पनि दुवैपक्ष आ–आफ्नो अडानमा जहाँको त्यहीँ छन् । प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहको माग छ । दुवै पद नछाड्ने ओलीको अडान छ । स्थगित स्थायी कमिटी सुचारु गर्ने विषयमा पनि उनीहरुबीच मतभेद छ । एक सय ५२ केन्द्रीय सदस्यले लिखित मात्र गरे पनि केन्द्रीय कमिटीको बैठक अनिश्चित छ ।

    पछिल्लो समय बामदेव गौतम र रामबहादुर थापा ओलीपक्षतिर देखिएसँगै नेकपा सचिवालयको समीकरण बदलिएको छ । यो बदलिएको समीकरणले सचिवालयमा आफ्नो बहुमत देखिएपछि ओली सचिवालय बैठक गर्ने पक्षमा देखिएका हुन् । स्थायी र केन्द्रीय कमिटीमा भने दाहाल(नेपाल समूहको बहुमत छ ।

    गौतम निवासमा दाहाल

    मंगलबार ओलीसँग वार्ता हुनु अगाडि अध्यक्ष दाहाल उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनकै निवास भैंसेपाटी पुगेका थिए । गौतमले ६ बुँदे प्रस्ताव अगाडि सारेयता दुई नेताबीच भएको यो पहिलो भेट हो । भेटमा दाहालले ६ बुँदे प्रस्तावको विषयमा चासो राखेका थिए । जवाफमा गौतमले पार्टी र देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन आफूले प्रस्ताव अगाडि सारेको बताएको स्रोतले बतायो ।

    असार १० बाट सुरु भएको स्थायी कमिटी बैठक साउन १२ सम्म आउँदा गौतम दाहाल समूहमा थिए । तर, साउन १३ अचानक ओलीलाई अनुकूल हुने गरी ६ बुँदे प्रस्ताव अगाडि सारेपछि गौतमको दाहाल–नेपाल समूहसँग सम्बन्ध टुटेको थियो । त्यही सम्बन्ध सुधारका लागि दाहाल गौतमलाई फकाउन उनको निवास पुगेको स्रोतले बतायो । गौतमले ६ बुँदे प्रस्ताव अगाडि सारेपछि साउन १३ मा ओली पनि गौतम निवास पुगेका थिए । तर, त्यसैदिन दाहालले बोलाएको स्थायी कमिटी बैठकमा गौतमले ओलीको कार्यशैलीको आलोचना गरेका थिए । गौतम आफूप्रति उदार भएपछि दबाबमा रहेका प्रधानमन्त्री ओलीलाई राहत भएको छ । गौतम ओलीको पक्षमा लागे सचिवालयमा दाहाल नेपाल(समूह अल्पमतमा हुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.