नेकपा एमाले हल्दिवारी गाउँकमिटी इन्चार्ज नरेश चुडालले एमालेले बिजयी भएसंगै समृद्धिको उज्यालो छर्ने बताएका छन् । उनले स्थानीय सरकार कृषि र पर्यटनको माध्यमबाट पालिकाको मुहार फेर्ने र यहाँका किसान मजदुरले स्थानीय सरकार प्रति गर्व गर्ने गरिको कार्यक्रम संचालन गरिने बताए । अधिकांश खेतीयोग्य जमीन र बनजङ्गलले भरिएको हल्दिवारीमा स्थानीय श्रोत र साधनको प्रयोग गर्दै समृद्ध पालिका एमाले सरकारले बनाउने दाबी गरे । भेलागडी र जैविक विविधताले भरिपुर्ण रहेको चारकोसे जङ्गलमा पर्यटन बिकास गर्न गौडा ,हात्ती र अन्य जङ्गलि जनावर र पर्या पर्यटनको माध्यमले पनि परिचीत बनाउदै हल्दिवारीको दृष्टि कृषि र पर्यटनमार्फत समृद्धिको नारालाई सार्थक बनाउने चुडालले उद्घोष गरे । पार्टीले तयार पारेको घोषणापत्र र प्रतिबद्धता पत्र अनुसार जनप्रतिनिधिहरुले स्थानीय सरकार संचालन गर्ने र सोही अनुसार पालिकालाई समृद्ध बनाउने भएकाले एमालेका सुर्य चिन्न ध्वजाबाहक उम्मेद्बारलाई मतदान गरि बिजयी गराउन आम हल्दिवारी बासीलाई आग्रह गरेका छन् ।







