बिर्तामोड नगरपालिकाको लागि नेकपा एमालेका उम्मेदवारहरुले पार्टीले सार्वजनिक गरेको प्रतिवद्धता पत्रलाई पुर्ण पालना गर्छाै भनि मतदातालाई विश्वास दिलाएका छन् ।
नगरप्रमुख पदका उम्मेदवार पवित्रा महतारा प्रसाईले चुनावी प्रचार अभियान अन्तर्गत वडा नं. ८ का विभिन्न स्थानमा भएका कोणसभालाई सम्बोधन गर्दै नगरको विकासका लागि प्रतिवद्धतापत्र हबहु कार्यान्वयन हुने बताएकी हुन् ।
विजयी भएर कार्यपालिका हाँकेको आफ्नो ५ वर्षे कार्यकालमा सशक्त ढंगले प्रतिवद्धता पूरा गरेर थप जनविश्वास जित्ने उनको दावी छ । एमालेको प्रतिवद्वता पत्रमा जनमुखी कामहरु समेटिएको बताउँदै उनले एकपटक सबैले यसलाई पढ्न नगरप्रमुखका उम्मेदवार प्रसाईको आग्रह छ ।
यस्तै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले प्रतिवद्धता पत्रमा उल्लेख गरिएका योजनाहरु कार्यान्वयन गरिने बताए । स्वास्थ्य, शिक्षा, कृषि, पशुपंछी, पर्यटन, भौतिक पूर्वाधार, व्यवसाय, खेलकुद लगायतका विभिन्न क्षेत्रका महत्वपूर्ण योजनाहरुलाई प्रतिवद्धतापत्रमा समेटिएको जनाउँदै उनले कार्यान्वयनमा लैजानकै लागि प्रस्तुत गरिएको संग्रौलाको भनाई छ ।







