• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सुरक्षामा खटिएका ४ म्यादी प्रहरीको मृत्यु ४८ जना बर्खास्त


  •    संवाददाता/ सोमबार, बैशाख २६, २०७९  

  • आसन्न स्थानीय तहको चुनावको सुरक्षामा खटिएका ४ म्यादी प्रहरीको मृत्यु भएको छ।

    दुई जनाको लडेर मृत्यु भएको हो। एक जना मृत भेटिएको र अर्काले भने आत्महत्या गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक विष्णुकुमार केसीले जानकारी दिए। ​​

    Advertisement

    यही वैशाख ३ गते घरबाट कार्यक्षेत्रमा फर्किने क्रममा नुवाकोटमा भीरबाट लडेर बेलकोटगढी नगरपालिका १२ सतारेका २६ वर्षीय योगेन्द्र न्यौपानेको मृत्यु भएको हो। यस्तै वैशाख ८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ६ मा खटिएका ४० वर्षीय दुर्गासिंह बस्नेतको भीरबाट लडेर मृत्यु भएको हो। सोही नगरपालिका ७ स्थित मेलचौरमा प्रशिक्षणमा सहभागी हुने क्रममा चौतारा–नवलपुर सडक खण्डको डिलबाट खसेर मृत्यु भएको हो।

    Advertisement

    हुम्ला सर्केगाड गाउँपालिका–६ घर भएका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकाया वैशाख १५ गते सिमकोटको माथिल्लो बजारमा मृत भेटिएका हुन्। यस्तै, सिन्धुपाल्चोककी एक महिलाले विष खाएर आत्महत्या गरेकी हुन्।

    त्यस्तै, वैशाख ३० गते देशभरका ७५३ स्थानीय तहमा एकैपटक हुन लागेको निर्वाचनको सुरक्षाका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो। तीमध्ये ४८ जनालाई कारबाहीस्वरूप बर्खास्त गरिएको छ।

    उनीहरूले आचरण विपरीतका गतिविधि गरेका कारण केहीलाई बर्खास्त गर्नेदेखि केहीलाई कानूनी कारबाहीका लागि हिरासतमा पनि राखिएको प्रहरीले जनाएको छ। एसएसपी केसीका अनुसार सामाजिक सञ्जालको दुरुपयोग, मादक पदार्थ खाने र तोकिएको समयमा उपस्थित नहुने म्यादी प्रहरीलाई कारबाही गरिएको हो।

    ४० दिनका लागि निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीले प्रहरी जवानसरहको सेवासुविधा पाउने व्यवस्था छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.