• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दिवारी ४ का वडाध्यक्षका उम्मेद्बार हैकमलाई पढौं


  •    संवाददाता/ सोमबार, बैशाख २६, २०७९  

  • देशैभरि चुनावी माहाेल तातीएकाे छ झापाकाे हल्दीवारीमा पनि राैनक उस्तै छ । ५ वटा वडा रहेकाे उक्त गाँउपालिकाकाे ४ नं  वडाबाट  नेकपा (माओवादी केन्द्र)  ले  वडाध्यक्ष पदका लागी उम्मेद्वार मिलनसार, शालिन,र सामाजिक व्याक्तित्व हैकम राज घिसिङ  लाइ उठाएकाे हाे । हैकमकाे जन्म वि.स. २०४८ साल भदौ २० गते हल्दीबारी-४ मै भएको हो । उनले धनुषा आधारभुत विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका हुन भने वि.स. २०६३ मा राजगढको ज्ञानज्योति उच्च माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका हुन् ।
    त्यसपछि शिक्षा उनले मेची बहुमुखी क्याम्पस भद्रपुरबाट लिएका हुन । वि‌‌ज्ञान विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका हैकम मेचीबाटै वातावरण वि‌‌ज्ञानमा स्नातक र काठमाडौंको गोल्डेनगेट इन्टरनेशनल कलेजबाट वातावरण वि‌‌ज्ञानमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । राजनीतिमा  भने वि.स. २०६३ सालदेखि  होमिएका घिसिङ, मेची बहुमुखी क्याम्पसको अखिल(क्रान्तिकारी) कक्षा कमिटी अध्यक्ष, संकाय कमिटी अध्यक्ष, इकाई कमिटी अध्यक्ष तथा जिल्ला कमिटी एक कार्याकाल कोषाध्यक्ष र एक कार्याकाल सह-सचिव बनेका थिए । वि.स. २०७३ सालमा मेची बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा अखिल(क्रान्तिकारी) को तर्फबाट अध्यक्ष पदका प्रत्यासीसमेत रहेका घिसिङ अनेरास्ववियू केन्द्रीय कमिटी सदस्यहुँदै विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा रुपान्तरित भएका निखारिएका युवा नेतृत्व हुन् । वि.स. २०७५ मा माओवादी केन्द्र हल्दीबारी- ४ का वडा कमिटी अध्यक्ष रहेका घिसिङ, नेकपा हुँदा वडा कमिटी सचिव रहेका थिए ।
    नेकपा विगठनपछि भएको नेकपा(माओवादी केन्द्र) हल्दीबारीको प्रथम अधिवेशनबाट गाउँ पार्टीको सह-सचिव भई कार्यरत रहेका छन् ।
    उही शिक्षा , उच्च विचार धारा भएका उनले वि.स. २०७० मा वातावरण संरक्षण मन्च नेपाल संस्था गठन गरे । अनि आफ्नै नेतृत्वमा वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन सम्बधी सचेतनामुलक कार्यहरु गर्दै आएका छन् । उनले संस्थामार्फत् वातावरणमैत्री उत्पादनलाई प्रवर्द्धन तथा जलवायु अनुकूलनका लागि सचेतना अभिवृद्धि गर्दै आएका छन् ।प्रेस क्लब हल्दीबारीका महासचिव समेत रहेका घिसिङ पत्रकारिता क्षेत्रमा पनि सक्रिय छन् । उनी झुल्केघाम डटकमका संचालक तथा सम्पादक भई काम गर्दै आएका थिए। घिसिङले प्लाष्टिकजन्य फोहोरबाट ऊर्जा कसरी निकाल्न सकिन्छ भन्नेबारे लामो अनुसन्धान गरी सफल परीक्षण समेत गरिसकेका छन् । वातावरण विज्ञानका अध्येता समेत रहेका घिसिङले रिफ्युज डिराइभ्ड फ्युल(आर.डि.एफ) मार्फत् विर्तामोड जस्ता तीव्र विकसित हुँदै गएको शहरहरुको फोहोर व्यवस्थापन गरी रोजगारी सिर्जना तथा आर्थिक लाभ लिन सकिने उनको अध्ययनले देखाएको छ ।
    यस्ता छन् घिसिङका प्रतिवद्धताहरु:: दिगो विकास, सुशासन र समृद्विको दरिलो आधार, कृषि, पर्यटन र हरित उद्यमशिलतामार्फत् स्वरोगार l
    नेकपा(माओवादी केन्द्र) हल्दीबारी-४ को प्रतिबद्धता पत्र पूर्वाधार विकास:
    – लाबुङ डांडादेखि बालुवा खोला ऐनाबारीहुँदै कदम चोक सम्म कालोपत्रे गरिने छ ।
    – पाथिभरा पर्यटकीय विकास क्षेत्रदेखि तामाङ चोक- सुपारी बगान- चुडाल चोक हुँदै पुरानो मङगलबारे सम्म बाटो स्तरोन्नति गरिने छ ।
    – पाथिभरा पर्यटकीय विकास क्षेत्रदेखि बडाबारी हुँदै मंगलबारे बजार सम्मको बाटो कालोपत्रे गरिने छ ।
    – साविक जलथल र हल्दीबारीको सिमानाको बाटो देवनियादेखि भुतेनी सम्म कालोपत्रे गरिने छ ।
    – शान्ति चोक धाधारपाँडा हुँदै गाउँपालिका जोड्ने बाटो कालोपत्रे गरिने छ ।
    – पुरानो मंगलबारे उत्तरबाट माछापोखरी हुँदै गाउँपालिका जोड्ने बाटो स्तरोन्नति गरिने छ ।
    – कालिमन्दिर चोकदेखि वन अफिस हुँदै झापारोडको युवा मार्ग सम्म कालोपत्रे गरिने छ ।
    आर्थिक विकास:
    – वन पैदावरमा आधारित उद्यमशिलतामा जोड दिइने छ । महिला समूह निर्माण गरी सालको पातबाट दुना, टपरी, प्लेट उद्याेग, बायो व्रिकेट उद्याेग, कम्पोष्ट मल उत्पादन गर्ने उद्याेग आदि संचालनमा ल्याइनेछ । बजार व्यस्थापन तथा उत्पादित वस्तु पालिकाभित्र अनुदानमा विक्री गरिने छ ।
    – परम्परागत ज्ञान, सीप, पेशाको संरक्षण गर्न लघु उद्यमशिलता संचालन गरी रोजगारी प्रदान गरिने छ । बाँसको डोको, धुन्चे, खोंकी, परालको गुन्द्री आदिको उत्पादन तथा बजार व्यवस्थापन गरिने छ ।
    – ढाकाको कपडा तथा पोसाक उत्पादन, खाडीको कपडा उत्पादनमा विशेष अनुदान तथा बजार प्रबन्ध गरिने छ ।
    वातावरण :
    – जैविक विविधताले भरिपूर्ण जलथल जङ्गललाई एशियाकै अध्ययन अनुसन्धान केन्द्र बनाइनेछ र वैदेशिक अनुदान भित्र्याई संरक्षित क्षेत्रको रुपमा विकास गरिने छ ।
    – जलवायु अनुकुलन वडा तथा गाउँपालिका बनाउन वातावरणमैत्री उत्पादनमा जोड दिइने छ ।
    – स्थानीय भू-उपयोग नीति तथा जलवायू अनुकूलन कार्यनीति निर्माण गरी यथोचित बजेट विनियोजन गरिने छ ।
    – वडाभित्रको मुख्य चोक, बजारहरुमा फोहोरमैला व्यवस्थापन कार्य चुस्त दुरुस्त राखिनेछ ।
    – कुहिने र नकुहिने फोहोर वर्गीकरण कार्य अनिवार्य गरिनेछ भने ४० माइक्रोन भन्दा तलका प्लाष्टिकको झोला प्रयोगमा पूर्ण रुपमा निशेष गरिनेछ ।
    – विकास निर्माणका कार्यहरु संचालन गर्दा योजनाको प्रकृति अनुसार संक्षिप्त प्रभाव मूल्यांकन, प्रारम्भिक वातावरण परीक्षण तथा वातावरणीय प्रभाव मुल्यांकन अनिवार्य गरिने छ।
    – गाउँपालिकाको दीर्घकालिन फोहोरमैला व्यवस्थापनको लागि एकीकृत योजना निर्माण गर्न पहल तथा अग्रसरता लिइनेछ ।
    पर्यटन :
    – पाथिभरा धार्मिक तथा पर्यटकिय क्षेत्रलाई सबै समुदायको आस्थाको केन्द्रको रुपमा विकास गरिनेछ । तामाङ, मगर, गुरुङ, सन्थाल, मेचे लगायतका समुदायको गुम्बा, मझिहि थान, बाठौ, ग्राम थान आदि निर्माण गरिने छ ।
    – साकेला थानको गुरुयोजना बनाई धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने छ ।
    – मेचे, सन्थाल, राजवंशी जातिको कला, साहित्य, नृत्य, संस्कृतिको उजागर तथा संरक्षण गर्न मुख्य गाउँ बस्तीमा होम स्टेको व्यवस्था गरी रोजगारी सिर्जना गरिनेछ ।
    – वडामा सम्भाव्य पर्यटकीय क्षेत्रको पहिचान गरी पर्यापर्यटनलाई समेत जोड दिइने छ ।
    सामाजिक सुरक्षा तथा सांस्कृतिक विकास:
    -ज्येष्ठ नागरिक, लोपोन्मुख, एकल महिला तथा अपाङ्ग भत्ता घर घरमा वितरण गरिने छ । सुविधाबाट बन्चित व्याक्तिको पहिचान गरी राज्यबाट प्राप्त सेवा सुविधा प्रदान गरिने छ ।
    – लोपोन्मुख मेचे समुदायको संस्कार, संस्कृति, पहिचान झल्काउने राष्ट्रिय सङ्गग्राहलय संघीय सरकारसँग समन्वय गरी निर्माण कार्य अघि बढाइने छ।
    – वडाभित्र निशुल्क एम्बुलेन्स सेवा संचालन गरिने छ ।
    रोजगारी:
    – एक घर एक रोजगारीको सुनिश्चितता गरिने छ । विभिन्न क्षेत्रको पहिचान गरी हरेक बेरोजगारलाई रोजगारीको अवसर प्रदान गरिनेछ । नेपाल सरकारले तोकेको न्युनतम् मासिक पारिश्रमिक बराबरको रोजगारी प्रदान गर्ने दायित्व वडा कार्यालय/ गाउँपालिका हुनेछ ।
    – नवप्रवर्तन तथा लघु उद्यमशिलता गर्न इच्छुक ५ जनालाई गाउँपालिका मार्फत् जनही ५ लाख बजेट उपलब्ध गराईनेछ ।
    स्वास्थ्य:
    – प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क व्यवस्था गरिनेछ ।
    – वडा भित्रका प्रत्येक घर परिवारलाई स्वास्थ्य बिमाको पहुँचमा पुर्याइने छ । विपन्न, असाहय, एकल महिला, अल्पसंख्यक, ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य विमा तथा नविकरण लागि ५० लाखको विमा कोष निर्माण गरिनेछ ।
    शिक्षा :
    – बहुसंख्यक सन्थाल, मेचे, राजवंशी समुदाय लगायत विपन्न परिवारका शिक्षामा पछि परेका बाल बच्चाहरुलाई शैक्षिक विकासमा टेवा पुग्ने गरी उनीहरुकै समुदायको प्रतिनिधिबाट होम ट्युसनको व्यवस्था गरिने छ ।
    – वडाबाट उच्च अंक ल्याई उत्तीर्ण छात्र छात्रालाई प्रोत्साहन तथा पुरस्कृत गरिने छ ।
    – उच्च शिक्षा पढ्न चाहाने विद्यार्थीहरुलाई वडाबाट परामर्श सेवा प्रदान गरिने छ ।
    – वडामा बालविकास केन्द्रको स्थापना तथा शिक्षकहरु क्षमता विकास तालिम संचालन ,ग्रामीण पर्यटन, वातावरण संरक्षण लगायतको विषयमा स्थानीय पाठ्यक्रम विकास गरी अध्ययन अध्यापन गराइनेछ ।
    – लोपोन्मुख जाति, समुदाय तथा आदिवासी जनजातिको मातृभाषामा अनौपचारिक शिक्षा प्रदान गरी राष्ट्रभाषा संरक्षणमा जोड दिइने छ ।
    कृषि :
    – वडामा संचालित कृषि सहकारी संस्थामार्फत् धान, मकै, गहुँ लगायत खाधन्न बालीको विउ, विजन सहुलियत मुल्यमा उपलब्ध गराउने साथै उत्पादन भएको धान, मकै,गहुँ किसानको मुल्यमा खरिद गर्ने व्यवस्था मिलाइनेछ ।
    – अर्ग्यानिक उत्पादनलाई जोड दिई कम्पोष्ट मल तथा भर्मि मल उत्पादन केन्द्र निर्माण गरी वडाभित्र अनिवार्य खपत गर्ने नीति अवलम्बन गरिने छ ।
    वडाभित्र व्यवसायिक तरकरी खेती संचालन गर्न उपयुक्त जमिन छनौट गरी ५ वर्षभित्र तरकारीमा आत्मनिर्भर बनाइनेछ ।
    – व्यवसायिक अङ्गुर खेती संचालन गरी वाइन उत्पादनको कच्चा पदार्थको रुपमा विक्री गरिनेछ ।
    किसानलाई आवश्यक सिंचाई मोटर, मकै छोडाउने मेशिन, च्यापाकटर, मिनी टिलर आदि अनुदानमा उपलब्ध गराइनेछ ।
    अन्य:
    -वडाको मुख्य चोक तथा बस्तीहरुमा नि:शुल्क वाईफाई जोन बनाइनेछ ।
    -सबै बाटोमा सडक बत्ती जडान तथा विद्युत् नपुगेको घरपरिवारमा सोलार बत्ती वितरण गरी उज्यालो वडा बनाइनेछ । – विपन्न, असहाय, अपाङ्ग तथा एकल महिलाको घरमा निशुल्क हाउस वाइरिङ तथा धारा जडान गरिनेछ ।
    -भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपुर्जा उपलब्ध गराउने कार्य चाँडो भन्दा चाँडो गरिनेछ ।
    – सीपमूलक, आयमूलक, क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम संचालन गरी रोजगारीसँग जोडिने छ ।
    – वडा तथा पालिकाको योजना, कार्यक्रम तथा सम्पादित कामहरुको जानकारी तथा सूचना प्रदान गर्न हरेक चोक तथा टोलहरुमा सूचना बोर्डको स्थापना गरिनेछ । वडामा क्रियाशिल सबै संघ, संस्था, सहकारीलाई इमेलमार्फत् सूचना प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.