२४ बैसाख, अर्जुनधारा । मुलुक अहिले स्थानिय निर्वाचन २०७९ संघारमा छ । गाउँ, नगर र चोक चोकमा स्थानिय निर्वाचनकै चर्चा छ । चुनावको मुखैमा आईपुग्दा झापाको अर्जुनधारा नगपालिकाको चर्चा अलि भिन्न छ । यसको प्रमुख कारण हो नगरप्रमुख पदमा यूवा उमेद्धारी । चुनावी प्रतिस्पर्धामा होमिएका प्रमुख दुई पक्षले मेयर पदमा यूवा उमेद्धार उठाएकाले पनि अर्जुनधारा नगरको चुनाव यतिबेला थप चर्चामा छ ।

अर्जुनधारामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र सहितका दलहरु गठबन्धन गरेर नेकपा एमाले विरुद्ध चुनावी मैदानमा उत्रिएका छन । नेकपा एमालले अर्जुनधारा १० का वडाअध्यक्ष बलदेब गोम्देनलाई नगर प्रमुख पदको उमेद्धार बनाएको छ भने नेपाली काँग्रेसका तर्फबाट संयुक्त गठबन्धनकी साझा उमेद्धारका रुपमा रञ्जिता कार्कीले प्रतिस्पर्धा गर्दैछिन । बिशेष गरी कार्कीको उमेद्धारीलाई काँग्रेसले यूवालाई अवसर दिएको रुपमा हेरिएको छ । यसअघिको निर्वाचनमा एमालेले जितेकाले पनि यूवा उमेद्धार उठाएर काँग्रेसले अर्जुनधाराको नेतृत्व आफ्नो पक्षमा पार्न खोजेको देखिन्छ । राजनितिमा पढेलेखेका यूवाहरु आउनुपर्छ भन्ने आवाज सधैँजसो उठेपनि राजनितिक दलहरुले यूवालाई प्रयोग मात्रै गरेको तर अवसर भने नदिएको गुनासो छ ।

तर यसपटक दुइवटा विषयमा स्नातकोत्तर गरेकी अधिवक्ता रञ्जिता कार्कीलाई मेयरको टिकट दिएर काँग्रेसले सक्षम यूवालाई अवसर दिएको अर्जुनधाराबासीको बुझाई छ । झापाका अन्य स्थानिय तहका उमेद्धारहरुको तुलनामा अर्जुनधाराले शिक्षित उमेद्धार पाएकाले यसपटक नगर प्रमुख पदमा कार्कीको जित सुनिश्चित रहेको काँग्रेसको दाबी छ । नेकपा माओवादी केन्द्र सहितका गठबन्धन दलहरुको मत जोड्दा कार्कीलाई थप सहज हुने अनुमान गरिएको छ ।

सक्षम यूवाहरु राजनितिमा आउनुपर्छ भन्ने मान्यताका साथ उमेद्धारी दिएको बताउने कार्की आफ्नो अध्ययन र अनुभवबाट प्राप्त ज्ञान नगरबासीको सेवामा लगाउन चुनावी मैदानमा होमिएको बताउँछिन । अधिवक्ता समेत रहेकी कार्कीले कानुनी उपचार बाट बन्चित रहेका गरीब तथा असाहय नागरिकको लागि निशुल्क मुद्दा समेत लडिदिने बताउने गरेकीछिन ।
हत्याहिंसा, अपराध, लैङगिक बिभेद र बलात्कार जस्ता जघन्य अपराधको लागि नगरले छुट्टै योजना बनाएर त्यसको नियंत्रण र न्यूनीकरणका प्रभाबकारी कार्यक्रम संचालन गर्ने उनको योजना छ । उमेरले यूवा भएर मात्रै हुदैन अध्ययन, अनुभव र क्षमता पनि आवश्यक भएकाले त्यो सबै गुण आफुमा रहेको उनको दाबी छ ।
बिद्यार्थी कालदेखी नै राजनितिमा प्रवेश गरेकी उनले अर्जुनधारा ५ स्थित भानु माविमा कक्षा १० सम्म अध्ययन गरी गोमेन्द्र कलेज बिर्तामोडमा ११ र १२ पढेर उच्च शिक्षाको लागि आफू काठमाडौं गएको जानकारी दिइन् । पाँच वर्ष अध्ययन गर्न काठमाडौं जाँदा आफूलाई यहाँको नयाँ मान्छे भनेर प्रमाणित गर्न जरुरी नभएको प्रतिक्रिया दिइन् । उनी रत्नराज्य बहुमुखी क्याम्पसमाबाट नेपाल बिद्यार्थी संघमा आवद्ध भएकी हुन । विद्यार्थी जिवनमा नेपाल ल क्याम्पसको स्ववियु सदस्य, सचिब हुदै निर्वाचित सभापति बनिन । १३ औ महाधिवेशनमा काँग्रेसको क्षेत्रीय प्रतिनिधि भएकी उनी १४ औँ मा महाधिवेशन प्रतिनिधि र प्रदेश १ को सदस्य बनिन ।

आफुले नगरपालिकाको नेतृत्व लिएपछि नगरमा यूवा लक्षित सहभागितामुलक विकास र समृद्धीका कामहरु अगाडी बढाउने बताउदै उनले यूवालाई नगरको विकास र समृद्धीको साझेदार बनाउँदै उद्यम र रोजगारीको हिस्सेदार बनाउने बिशेष योजना ल्याउन विज्ञहरुसँग छलफल र परामर्श गरी रणनितिक योजना बनाईसकेको पनि बताएईन ।
“यूवालाई उद्यमशील बनाउदै नगरको समृद्धीमा योगदान गर्नसक्ने बनाउन म सँग प्रसस्त योजनाहरु छन । कानुनको विद्यार्थी भएको नाताले पनि महिला हिंसाको अन्त्यका लागि नगरमा बिशेष योजना बनाएर कार्यन्वयन गर्नेछु” उनले भनिन् – “पढेलेखेका यूवाहरु राजनितिक नेतृत्वमा आउनुपर्छ भन्ने मान्यता बोकेर आफ्नो अध्ययन र अनुभव आफ्नै ठाउँमा उपयोग गर्न आएकी छु ।”







