• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लाहुर देखि राजनीति सम्म : राजेन्द्रप्रसाद लिङ्देन


  •    संवाददाता/ आइतबार, बैशाख २५, २०७९  

  • १९ वर्षको एउटा लक्का जवानकाे मन मस्तिस्कमा राजनीतिकाे रसपस्न थालिसकेको थियो । तर, तत्काल राजनीतिमा लाग्ने आँट थिएन । परिवारले मान्ने कुरा पनि भएन । भविष्यमा के बन्ने भन्ने अनेक सपना मनमा छदै थिए । पहाडको ठाउँ , लिम्वूको छोरो धेरै साथीभाइले लाहुरे बन्ने सपना सँगालेका हुन्थे । साथीहरुको सपना वरिपरि उनको पनि मन भुलियो । उनी अर्थात राजेन्द्रप्रसाद लिङ्देन ।

    पाँचथरको अमरपुर माविबाट २०३५ सालमा एसएलसी परीक्षा पास गरेपछि क्याम्पस कहाँ पढ्ने भन्ने चिन्ता थियो । त्यतिबेलै ब्रिटिस लाहुरेमा भर्ना खुलेको खबर गाउँभरि फैलियो । उनको ध्यान त्यतै तानियो ।

    Advertisement

    उच्च शिक्षा अध्ययन भन्दापनि लाहुरे बन्ने रहर उनलाई पलायो । परिवारको चाहना पनि त्यही थियो । गाउँमा भएको छनोटमा उनी पास भए । लगत्तै उनलाई धरान लगियो । धरानमा भएको प्रतिस्पर्धामा पनि उनी उत्कृष्टमा परे । त्यसपछि २०३६ देखि सुरु भयो राजेन्द्रको ब्रिटिस आर्मीको जागिरे जिन्दगी ।

    Advertisement

    पहाडको हावापानी र माटोको सुगन्धमा रमाएका राजेन्द्रले १८ वर्ष ब्रिटिस आर्मीमा बिताए । जागिरे जीवन सकेर नेपाल फर्किरहँदा २०५४ सालमा स्थानीय निकायमा चुनावी चहलपहल चलिरहेको थियो । उनले हिजो बुझेको राजनीति र आज बुझेको राजनीतिमा धेरै भिन्नता आइसकेको थियो ।

    राजनीति प्रतिको बुझाइ र त्यसको पृष्ठभूमिमा उनका जेठा दाजु भवानीप्रसाद लिङ्देन पाँचथरको अमरपुर गाविसको अध्यक्षमा नेकपा एमालेका तर्फबाट उमेद्वार थिए । उनी पनि दाजुलाई जिताउन भोट माग्दै गाउँ–गाउँ पुगे । नभन्दै भवानीले चुनाव जिते ।

    पाँचथरबाट झापा झरेपछि उनको संगत एमालेका नेताहरुसँग भयो । मनकुमार गौतम, लोकबन्धु कन्दङ्वा, हरिचरण सिवाकोटी, गोपी गिरी, बुद्धि घिमिरे, हरि आचार्य, प्रेम थापा लगायतसँगको सम्पर्कले उनलाई एमालेको राजनीतिमा थप सक्रिय भएर लाग्न हौसला मिल्यो ।

    राजनीतिमा सक्रिय भएर लागेको २० वर्षपछि उनले २०७४ को स्थानीय तह निर्वाचनमा बिर्तामोड नगरपालिका वडा नम्वर ५ मा एमालेको तर्फबाट वडाध्यक्षको टिकट पाए । शानदार मतले जितेपछि राजेन्द्रको चर्चा स्थानीय राजनीतिमा चुलियो । २०६० सालमा एमालेको संगठित सदस्यता प्राप्त गरेका राजेन्द्र दोस्रो कार्यकालका लागि पनि यतिबेला वडाध्यक्षको उमेद्वार छन् ।

    घनाबस्ती र पुराना संरचना भएको वडामा उनले पाँच वर्षमा के के गरे रु जनताले मूल्याङ्कन गरेका छन् । उनी आफैँ पाँचवर्षे कार्यकालका त्यस्ता साक्षी हुन्, जसले जनताको हित र स्वार्थभन्दा बाहिर कहिल्यै काम गरेनन् । उनी लगायतका जनप्रतिनिधिले दुईवर्ष राम्रोसँग काम गर्ने मौका पाए ।

    विश्वव्यापी कोरोना भाइरसको प्रभाव र त्यसले आर्थिक सामाजिक क्षेत्रमा पारेको संकटले दुईवर्ष उनीहरुको कार्यकाल उपलब्धिमूलक हुन सकेन । वडाबासी मतदाताको चाहना र जनसहभागिताका आधारमा विकास योजना सञ्चालन गर्ने सवालमा राजेन्द्र गम्भीर र सचेत छन् ।

    उनी भन्छन्, ‘अपेक्षाकृत काम गर्न सकिएन होला । तर, सन्तोषजनक काम गरेको छु ।’ उनले बाँकी रहेका काम पूरा गर्न आफ्नो उमेद्वारी रहेको बताए ।

    एउटा इमान्दार र स्वच्छ नेताको छवि बनाएका राजेन्द्र पाँचवर्षे कार्यकालमा कहिल्यै पनि विवादमा तानिएनन् । उनले सबै पार्टीको भावना र चाहना अनुरुप आफूलाई उभ्याए । इमान जमानमा उनी कहिल्यै चुकेनन् । स्वाभिमानमा झुकेनन् ।

    ६२ वर्षीय राजेन्द्र फेरि वडाको नेतृत्व लिन चाहन्छन् । उनलाई आफ्नो वडाबासी मतदातासँग पूरापूर भरोसा छ । मतदाताको विश्वास, सहभागिता र सक्रियतामा विकासको जग बसाल्ने राजेन्द्रको राजनीतिक अवधारणा आफैँमा नौलो प्रयास हुनेछ ।

    राजनीतिमा ब्रिटिस लाहुरेको जस्तो कठोर अनुशासन त छैन् । तर, व्यक्तिगत इमान्दारिता, सरल जीवनशैली, नम्र स्वभाव र असल आचरणका अनुयायी राजेन्द्र सबै जातजाति र भाषाभाषीको समस्यामा दिनरात नभनी खट्न सक्छन् ।

    साँझ अवेर होस् वा बिहान, जनसेवाका काममा उनको लोभलाग्दो सक्रियता बिर्तामोडको राजनीतिका लागि आज मात्रै होइन, सधैँ र सबैबेला खाँचो छ । वडाध्यक्षमा जितका लागि उनलाई हार्दिक शुभकामना ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.