नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्तिलाई होच्याउने कुरा एमालेलाई स्वीकार्य नहुने बताएका छन्।
एमाले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, ‘राष्ट्रिय स्वाभिमानसहितको दरिलो गर्विलो राष्ट्र बनाउन चाहन्छौँ, त्यो एमालेबिना सम्भव छैन। कुनै दल विशेषलाई पराजित गर्नु एमालेको चासो होइन।’
एमालेको नेपालको विकास र सार्वभौम सत्ता र अखण्डताको संरक्षण गर्ने बताए। ओलीले भने, ‘अन्य राजनीतिक दलहरू अनिश्चयबाट ग्रसित र विवश भएको स्वीकार गरिसकेका छन्, एमाले मात्रै राष्ट्रिय एकताको पहरेदारी गर्ने पार्टी हो भन्ने स्पष्ट भइसकेको छ राष्ट्रिय एकता कमजोर पार्ने र देशभक्तिलाई होच्याउन मिल्दैन।’
उनले नेपाली कांग्रेस र माओवादी केन्द्रले जस्तो देशलाई नपिरोल्ने बताए। एमालेले ल्याएको विकासको योजनालाई कांग्रेसले गफ ठान्ने बताए।
ओलीले भने, ‘एमालेले ल्याएको योजनालाई कांग्रेसले गफ ठान्छ। कांग्रेसको लागि सुल्टो भनेका नातेदार, परिवारवाद र सत्ताभोग नै हो। एमाले विकासलाई चुनौती दिएर देशको विकास गर्छ। एमालेको आदर्श यही हो। हामी समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय ध्येयलाई पुरा गर्नतर्फ लाग्छौँ।’







