१९ साउन, विराटनगर ।
प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरमै रहेका उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने ‘हिस्ट्री’ खुलेको छैन । विराटनगर ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्य सहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ । मुख्य न्यायायाधिवक्ता आचार्यलाई १०/१२ दिनअघि दुई दिनजति सामान्य ज्वरो आएको थियो । आइतबार उनी सहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीन जना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो ।
तीनै जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी छ । अहिले आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको आचार्यले बताए । आचार्यलाई कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन । उनी नियमित रुपमा कार्यलयको काम र बैठकहरुमा सहभागी थिए । बैठकहरुका क्रममा सुरक्षाकर्मी वा अरु कसैबाट कोरोना सरेको हुन सक्ने आचार्यको अनुमान छ ।







