स्थानीय तह निर्वाचनको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लीली थापाको टोली झापाको स्थलगत अनुगमनमा सदरमुकाम भद्रपुर आएको छ ।
झापा आइपुगेकी थापाले स्थानीय तह निर्वाचनका बेलामा मानव अधिकारको उल्लंघनको अवस्था तथा निर्वाचन आचार संहिताको पालनाका बारेमा सञ्चारकर्मी र सरोकारवालासँग अन्तरक्रियासमेत गरेकी छिन् ।
आयोगका उपसचिव मञ्जु खतिवडासहित प्रदेश १ को अनुगमनमा निस्किएकी सदस्य थापाले निष्पक्ष निर्वाचनका लागि निर्वाचन आयोगलाई सचेत पार्ने तथा आवश्यक नियम कानुन परिमार्जन गर्नुपर्ने भए सुझाव दिने जानकारी दिइन् ।
Advertisement







