अर्जुनधारा नगरपालिकाको प्रमुख पदका नेकपा एमालेका उम्मेद्वार बलदेव गोम्देन तामाङले भूमिहिन र अव्यवस्थित बसोबासको समस्या लाइ प्राथमिकतामा राखेर समाधान गर्ने बताएका छन् ।
नगरप्रमुख पदका प्रत्यासी गोम्देनले चुनाव प्रचारमा अर्जुनधारामा रहेका भूमिहिनहरुलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासिलाई धनिपूर्जा वितरण गर्नेकुरा पहिलाे प्राथमिकता हुने जनाएका छन।सम्बोधनका क्रममा गोम्देनले जनताले जोतभोग गरिरहेको तथा अव्यवस्थित बसोबास भएको स्थानको प्रति १० कठ्ठा जग्गाको धनिपूर्जा निःशुल्क उपलब्ध गराउने समेत प्रतिबद्धता जनाएका छन् ।अर्जुनधारा ४ नम्बर वडामा घरदैलोका क्रममा आयोजित कोणसभालाइ सम्बोधन गर्दै उनले सुकुम्बासी समस्या समाधान गर्न अर्जुनधारामा भूमि व्यवस्थापन शाखा निर्माण भइसकेकाले आफ्ने नेतृत्वले पहिलो प्राथमिकताका साथ भूमि सम्बन्धी समस्याको समाधान गर्ने उनको भनाई छ ।







