झापाको कनकाई नगरपालिका–३ स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
हिजो राति १० बजे सडक छेउमा रोकिराखेको ना ६ ख ९०७९ नम्बरको ट्रकमा को २३ प ४०४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ठोकिदा घाईते भएका मोटरसाईकल चालक मोरङ उर्लाबारी नगरपालिका–७ का ५६ बर्षीय बुद्धकान्त सुबेदीलाई उपचारको लागि बिएण्डसि हस्पिटल बिर्तामोड पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । उक्त ट्रक र चालक मोरङ सुन्दरहरैचा–६ का ३१ बर्षीय हर्कबहादुर दर्जीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।
Advertisement







