बिर्तामोड २२ । नेपाल राष्ट्रिय शिक्षक संगठन विर्तामोड नगर कमिटीले नेकपा एमालेका उम्मेद्बार संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
आसन्न बैशाख ३० गते हुने निर्वाचनलाई लक्ष्छित गर्दै संगठनले शिक्षा क्षेत्रका समस्या स्थानीय सरकारले आगामी दिनमा बालबालिका र शिक्षाका क्षेत्रमा गर्नु पर्ने कामका बारेमा अवगत गराएको संगठनका अध्यक्ष उमानाथ भण्डारीले जानकारी दिए ।
मेयर पदका उम्मेद्बार पबित्रा महतारा प्रसाईं र उपमेयर नगेन्द्र प्रसाद संग्रौलालाई बालबालिका र शिक्षाका विषयमा लगानी संगै गुणस्तर वृद्धि गर्न रणनीतिक योजना निर्माण गर्न सुझाएका थिए ।
कार्यक्रममा संङठनका पुर्व अध्यक्ष कृष्णप्रसाद अधिकारी वर्तमान कोषाध्यक्ष तिलक गजमेरले आफ्ना बिचार राखेका थिए।
उम्मेद्बारहरुले आफ्नो घोषणा र प्रतिबद्धता पत्रमा शिक्षा ,स्वास्थ्य र रोजगार लाई मुख्य प्राथमिकता दिएकोले निस्वार्थ रुपमा नगरको बिकासमा लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
बिर्तामोड नगरपालिकामा १८ वटा सामुदायिक ५५ वटा संस्थागत र २ वटा धार्मिक बिद्यालय संचालनमा रहेका छन् । अध्यक्ष भण्डारीको अध्यक्षता रहेको कार्यक्रमको संचालन सचिव गोविन्दप्रसाद न्यौपानेले गरेका थिए।







