संस्कृति र संस्कारलाई जगेर्ना गर्ने उद्देश्यले बिर्तामोडस्थित न्यूटन्स बालक्लबले अक्षय तृतीयाको अवसर पारेर सर्वत सातु वितरण गरेको छ ।
न्यूटन्स बिद्यालयमा रहेको क्लबले बिद्यार्थीलाई सांस्कृतिक पर्वको ज्ञान दिने उद्देश्यले अक्षय तृतीयाको अवसरमा न्यूटन्स बालक्लवद्वारा सर्वत र सातु वितरण गरिएको बालक्लब फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिईन ।
विद्यार्थीहरुलाई नेपालीहरुको सांस्कृतिक पर्वको जानकारीका साथै महत्व दर्शाउने उद्देश्यले अतिरिक्त कार्यक्रम अन्तर्गत सातु र सर्वत वितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक देबेन्द्र हुमागाईंले बताए ।
Advertisement







