• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

फेरि लकडाउन गर्ने सरकारको तयारी


  •    समय संजाल संवाददाता/ शनिबार, साउन १७, २०७७  

  • साउन १७ । काठमान्डौँ ।

    कोभिड १९ को संक्रमण पुनःबढ्दै गएपछि सरकारले आवतजावतमा कडाइ र आवश्यक परेमा लकडाउन सम्मको तयारी गरेको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र९सिसिएमसी०निर्देशक समितिले काठमाडौं आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको छ। पछिल्लो समय कोभिड १९ का बिरामी बढ्दै गएको र परिस्थिति काबुबाहिर गए लकडाउन गर्न सकिने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए।

    Advertisement

    ‘हालसम्म लकडाउनको तयारी छैन तर परिस्थिति भड्कियो भने जुनसुकै बेला हुनसक्छ,’स्वास्थ्य मन्त्री ढकालले भने,’पहिला हामीले खुकुलो गर्दा पनि पछि प्रतिकूल अवस्था भयो भने यो भन्दा कडा लकडाउनको सामना गर्नुपर्ने परिस्थिति आउन सक्छ भनेर भनेकै छौं।’वीरगञ्ज लगायतका ठाउँहरूको घटनाले संवेदनशील बनाइरहेको समेत उनले बताए। ‘आवतजावत र क्वारेन्टिनको मामिलामा एउटा अनुशासन नअपनाउने हो भने अलि गाह्रो होला कि जस्तो भइरहेको छ,’उनले भने,’परिस्थिति यसरी नै बढ्दै गयो भने नियन्त्रणका लागि लकडाउन पनि एउटा उपाय हो तर त्यो मात्रै त भएन। अरु उपाय पनि अवलम्बन गर्छौं। सँगै यसलाई पनि अलि व्यवस्थित गर्नुपर्छ। अहिलसम्म ठीकै छ।’ उनले वीरगंजमा अलि परिस्थिति भड्केला कि जस्तो भएको र पोजेटिभहरूको संख्या पनि धेरै भएकाले अस्पतालको खोजी भइरहेको समेत बताए। उनले चिकित्सकहरूको एउटा टोली पठाएको र त्यहाँको परिस्थितिबारे छलफल भइरहेको जनाए ।

    Advertisement

    शुक्रबारमात्रै १० हजार ७ सय ८६ को पिसिआर परीक्षण गरिएको भन्दै मन्त्री ढकालले सरकारले अन्य तयारी पनि गरिरहेको दाबी गरे । उद्योग वाणिज्य तथा आपर्ति मन्त्री लेखराज भट्टले परिस्थिति अनुसार ठाउँ विशेषमा सिल गर्न सकिने बताए । ‘उपत्यकामा विशेषगरी कोभिड(१९ का बिरामी बढ्नेजस्तो संकेत देखिएको छ। त्यसलाई कसरी नियन्त्रण गर्ने समुदायमा फैलिन नदिन के गर्ने भन्ने सिसिएमसीमा पनि छलफल भएको थियो। पर्सिको मन्त्रिपरिषदमा पनि छलफल होला,’उनले भने,’पिसिआरको मात्रा पनि बढाइएको छ। संक्रमणका आधारमा कुनै एरिया सिलबन्दी गर्न सकिन्छ।’सिसिएमसीले अहिले नै लकडाउन गर्ने बेला नभएको भन्दै मानिसको आवतजावतमा भने कडाइ गर्ने निष्कर्ष निकालेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.