• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड १० मा एमालेको चुनावी सभा, खानेपानी,विद्युत र सडक कालोपत्रेका समस्या समाधान गर्ने वाचा


  •    संवाददाता/ बुधबार, बैशाख २१, २०७९  

  • २१ बैशाख , बिर्तामोड । नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान जारी छ । प्रचार अभियान अन्तर्गत बुधवार वडा नम्बर १०का विभिन्न स्थानमा कोणसभा सम्पन्न भयो ।
    बैशाख १२ गते वडा नम्बर १ देखि सुरु गरेको प्रचार अभियान वडा नम्बर १० पुगेको हो । प्रचार अभियानमा नगरप्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाई,उपप्रमुखका उम्मेदवार नगेन्द्र प्रसाद संग्रौला सम्बन्धित वडाका वडाध्यक्ष तथा सदस्यका उम्मेदवार, नेता,कार्यकर्ताको बाक्लो उपस्थिति रहँदै आएको छ ।
    बुधबार वडा नम्बर १०का उत्तर भुतेनी,दक्षिण भुतेनी,सैनिक बजार,चमरधाप लोक्ताप गाउँ,ठुटेबर,फेसबुक चोक लगायत विभिन्न स्थानमा कोणसभाको आयोजना गरीएको छ । वडा नम्बर १०मा वडाध्यक्षमा रिमानध्वज लोक्ताम उम्मेदवार हुनुहुन्छ । यस्तै वडा सदस्यहरुमा महिला तर्फ गीता घिमिरे,दलित महिला सदस्यमा पुणर्िमा लाम्गादे र खुल्ला तर्फ प्रेमबहादुर पौडेल,पृथ्वीबहादुर बस्नेत रहनु भएको छ । वडा नम्बर १०मा नेकपा एमाले र राप्रपा विच गठवन्धन छ ।
    कोण सभालाई सम्वोधन गर्दै नगरप्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाईले वडा नम्बर १० भित्र रहेका खानेपानी,विद्युत र सडक कालोपत्रेका समस्या समाधान गर्ने बताउनु भयो । उहाँले यस अघि विकरालरुपमा रहेका ठाउँमा सडक,पुल,कल्भर्ट निर्माण, गोवर ग्यास जडान, फिल्टरसहितको खानेपानीको व्यवस्थापन,फुसको छानो भएका घरहरुलाई टिन वितरण, विद्यायलको पठनपाठन सुधार तथा नयाँ भवन निर्माण,घेराबारा लगायत कृषि तथा बंगुरपालनको क्षेत्रमा उल्लेखनिय काम गरेको बताउनु भयो ।
    उम्मेदवार प्रसाईले आफु निर्वाचित भएर आएपछि पहिलो प्राथमिकताका साथ वडा नम्बर १०मा रहेका अधुरो सडकलाई पुरा गर्ने र उत्तर भुतेनीको सडक कालोपत्रे गर्नेप्रतिवद्वता जनाउनु भएको छ । उहाँले वडामा रहेका अन्य विकासका कामहरुलाई टोलविकास समितिसंग समन्वय गरेर अघि बढ्ने धारणा व्यक्त गर्नु भयो ।
    यस्तै कोणसभालाई सम्वोधन गर्दै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्र प्रसाद संग्रौलाले यस वडामा कम्तिमा १० किलोमिटर सडक कालोपत्रे गर्ने बताउनु भयो । उम्मेदवार संग्रौलाले जनताको आर्थीक आयआर्जनका लागि गाई पालन,कुखुरा पालन,वंगुर पालन व्यवसाय र सामुहिक तथा आधुनिक खेतीको लागि अनुदानको व्यवस्था गरिने बताउनु भएको छ । नगरका सबै वडामा गरि ५ वर्ष भित्रमा एक हजार विपन्न आवास निर्माण गर्ने योजना रहेको पनि उहाँले बताउनु भयो । क्षेत्रफलको हिसाबले वडा नम्बर १० बिर्तामोड नगरपालिकाको सबैभन्दा ठुलो वडा हो ।
    वडा नम्बर १०का विभिन्न स्थानमा गरीएको कोणसभालाई प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल,प्रदेश सांसद एकराज कार्की,राष्ट्रिय सभाका पुर्व सदस्य हरिचरण शिवाकोटी,नगरप्रमुख ध्रुवकुमार शिवाकोटी लगायतका नेताहरुले सम्वोधन गर्नु भएको थियो । नगरका अन्य वडामा जस्तै यस वडामा पनि एमालेका उम्मेदवार बलियोरुपमा देखिएका छन् । एमाले उम्मेदवारहरुले टोलटोलमा रहेका ज्येष्ठ नागरिकहरुलाई खादा लगाएर सम्मान समेत गर्दै आएका छन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.