• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हव बनाउनेछौँ : प्रसाईं


  •    संवाददाता/ मङ्गलबार, बैशाख २०, २०७९  

  • २० बैशाख, झापा । बिर्तामोड नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हव बनाउने बताउनु भएको छ ।
    स्थानीय तह निर्वाचनको लागि चुनावी प्रचारको क्रममा वडा नम्बर ३मा आयोजना गरीएको कोणसभालाई सम्वोधन गर्दै यस्तो बताउनु भएको हो । उम्मेदवार प्रसाईले २०७४ सालको निर्वाचनपछि नगरमा रहेका सामुदायिक विद्यालयहरुको अवस्था फेरिएको र यसलाई अझै व्यवस्थित ढंगले विकास गरीने बताउनु भयो । निवर्तमान नगर उपप्रमुख समेत रहनु भएकी प्रसाईले आफुहरु जनप्रतिनिधि भएर आउँदा सरकारी विद्यालयहरुमा विद्यार्थीहरु बसेर पढ्न नसक्नेगरिका कक्षा कोठा,शौचालयको अभाव,पठनपाठनमा समस्या रहेको भएपनि यसलाई सुधार गरेर अहिले स्मार्ट बनाउँदै लगएिको बताउनु भयो ।

    बिर्तामोडमा १८ वटा सामुदायिक विद्यालय र ३ वटा धार्मीक विद्यालय रहेका छन् । नेकपा एमालेले कक्षा १२ सम्मको शिक्षा पुणर्रुपमा निशुल्क गर्ने, एक विद्यालय एक प्राविधिक शिक्षा भन्ने नीतिलाई आत्मसाथ गर्दै हरेक सामुदायिक विद्यालयको माध्यमिक तहमा प्राविधिक शिक्षा प्रदान गर्ने,प्राविधिक तथा व्यवसायिक क्याम्पस स्थापना गर्ने,शिक्षक तालिम केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रमहरु प्रतिवद्वता पत्रमा सार्वजनिक गरेको छ । यस्तै स्वास्थ्य तर्फ पनि बिर्तामोडबासीलाई स्वस्थ जीवन शैली सुनिश्चित गर्न सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै मेडिकल हवको रुपमा विकास गर्ने जनाइएको छ ।

    Advertisement

    यस्तै कोणसभालाई सम्बोधन गर्दै नगर उपप्रमुखका उम्मेददवार नगेन्द्र प्रसाद संग्रौलाले बिर्तामोड नगरपालिकाले यस अघि धेरै राम्रा काम गरेको बताउनु भयो । उहाँले ६९ किलोमिटर सडक कालो पत्रे,बजार तथा ग्रामिण भेगका अधिकांस टोलहरु जोड्ने १७ किलोमिटर सडकमा पेवर्स तथा व्लक लगाइएको जानकारी दिनु भयो । उम्मेदवार संग्रौलाले अवको ५ वर्ष भित्रमा बिर्तामोडमा १२५ किलोमिटर सडक कालोपत्रे गर्ने समेत बताउनु भयो ।

    Advertisement

    यस्तै कोणसभालाई सम्बोधन गर्दै वडाध्यक्ष पदका उम्मेदवार मदन बुढाथोकीले आफु लगायत नगरकोे सिङ्गो टिमलाई अत्यधिक मत दिएर जिताउन मतदाताहरुसंग आग्रह गर्नु भयो । वडामा रहेका समस्या समधानका लागि आफु संधै जनताको सेवक भएर काम गर्ने प्रतिवद्वता समेत जनाउनु भयो ।

    नेकपा एकालेको चुनावी प्रचार अभियानका क्रममा आज मंगलबार बिर्ताबजार,सैनिकमोड,प्रगतिनगर टोल,शान्ति टोल लगायतका क्षेत्रमा पुगेर कोणसभाको आयोजना गरीएको थियो । कोणसभालाई एमाले झापा इञ्चार्ज अग्नि खरेल,प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेल,राष्ट्रिय सभाका पुर्वसदस्य हरिचरण शिवाकोटी,प्रदेश सांसद एकराज कार्की लगायतका नेताहरुले संवोधन गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.