नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा आएका छन् । ओलीले आज भद्रपुरको ज्ञानुचोकमा पहिलो सम्बोधन गर्नेछन् । अनी हल्दिवारी १ गोल्धापमा साढे १ बजे, मेचीनगरको पासाङल्हामु हलमा ३ बजे, र बिर्तामोडमा ४ः३० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेका झापाजिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए ।
नेकपा एमाले झापाका अनुसार आज चार स्थानमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
Advertisement







