• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मतदाता शिक्षा दलको जिम्मेवारी


  •    सन्तोष बराल/ मङ्गलबार, बैशाख २०, २०७९  

  • प्रतिस्पर्धि उम्मेदवार मध्ये बाट आफनो छनोटको उत्कृष्ट उम्मेदवार छान्ने प्रकृयालाई निर्वाचन प्रणली भनिन्छ । बर्तमान दिनहरुमा स्थानिय तह निर्वाचन २०७९ को मिति घोषणा संगै २०७९ बैसाख ३० गते नेपाल भरका सबै ७५३ स्थानिय तहमा एकै पटक निर्वाचन गर्ने कार्यक्रम तय गरिएको छ । स्थानिय तहका उम्मेदवारहरु मनोनयन दर्ता गरी तिव्र प्रतिस्पधात्मक मत माग्ने कार्यमा अगाडी बढी रहेका छन । मत माग्नु मात्र दलको मुख्य प्राथमिकता हुनुलाई दलहरु आज पनि संख्यात्मक पक्षलाई मात्र जोड दिएको कुरा प्रष्ट हुन्छ । मतको गुणात्मक पक्ष भनेको नै खसेको मतको सदर पक्ष वा प्रमाणीत मत हुनु हो । मतदान प्रणालीको प्रभावकारीता तथा त्यसको उपयोगितामा बदर मतले ठुलो प्रभाव पार्दछ । देशको स्तर, जनताको स्तर, बिकास, राजनैतिक चेतना लाई मतदाता शिक्षा र मतदान प्रणाली ले प्रतिनिधित्व जसलाई निर्वाचनको माध्यम बाट बुझन सकिन्छ । त्यस कारण मतदाता शिक्षा ज्यादै महत्वपुर्ण हुन्छ, मतदाता शिक्षाको माध्यम बाट बदर मत न्युन गर्न सकिन्छ । निम्न अवस्थामा मत बदर हुन्छ ।

    १. तदान अधिकृतको दस्तखत बाट प्रमाणीत नभएको मतपत्र,

    Advertisement

    २. मतदानका लागि चिन्ह नभएमा , उम्मेदवारको चिन्ह प्रष्ट नभएमा,

    Advertisement

    ३. मतपत्र च्यातिएको , मोडिएको, बुझन नसकिने भएमा,

    ४. फोहर, धमिलो, र अस्पष्ट भई यकिन गर्न नसकिने मतपत्रहरु,

    ५. उम्मेदवार मत चिन्ह भन्दा फरक स्थानमा मत संकेत पाएको मतपत्रहरु,

    ६. मतदान नगर्ने सर्तमा निर्वाचन अधिकृत वा मतदान अधिकृतलाई फिर्ता दिएको मतपत्रहरु,

    ७. एकै प्रतिस्पर्धाका एक भन्दा बढी उम्मेदवारको चिन्हमा मत संकेत गरेमा वा गरेको भएमा,

    ८. निर्वाचनले तोकेको बाहेक अन्य कुनै मतपत्र दिईएको भएमा,

    ९. मतपत्रहरु मतपेटिका भन्दा बाहिर पाईएमा,

    १०. फरजि मतपत्र भएमा तथा निर्वाचनले तोकेको बाहेक अन्य अवस्थामा,

    नेपालमा पनि पटक पटक स्थानिय र संघिय, आवधिक,संसदिय निर्वाचन, आम निर्वाचन,संबिधान सभा निर्वाचन सम्पन्न हुदै अव स्थानिय तह निर्वाचन २०७९ बैसाख ३० गते हुने निर्धारण गरिएको छ। धेरै निर्वाचन सम्पन्न गरिएता पनि निर्वाचनको गुणस्तर तथा बदर मतको बारेमा धेरै बहस र छलफल नभएको पाईन्छ । मतदाता शिक्षाका लागि निर्वाचनको आयोजको रुपमा निर्वाचन आयोगले केहि प्रयास गरेता पनि सो मतदाता शिक्षा कार्यक्रम न्युन छ । मत संकेत बिधि , पट्रयाउने बिधि, निर्धारीत स्थानमा मत संकेत गर्ने, प्रमाणीत मतपत्र भएनभएको यकिन गर्ने , निर्वाचन आयोगले तोकिदिएको बाहेक ढङ्कबाट मत नगर्ने बिधिनै असल मतदान प्रकिृया हो , यस बाहेकमा मतबदर हुन्छ । मतदाताको ज्ञान, सिप , दक्षता , क्षमता, बुझाई तथा प्रकिृयाको ज्ञान प्रष्ट नभएको कारण बाट मतदातामा दुबिधा उत्पन्नभई मतबदर हुन जान्छ । निर्वाचनको आयोगले मतदाता शिक्षाका लागि, सुचना प्रसारण, मतदाता शिक्षा कार्यक्रम , टोली निमार्ण ,बिज्ञापन ,पोष्टर पम्पेटिङ्क हाते पर्चा निमार्ण बितरण गर्ने गरेको छ । निर्वाचनको क्रममा दलले मत माग्ने प्रतिस्पर्धामा तिब्रता दिएतापनि मतदाता शिक्षाका लागि कुनै उल्लेख्य प्रयास नगरेको पाईन्छ । मत माग्नु निर्वाचनका उम्मेदवारका लागि जति महत्वपुर्ण छ ,सो भन्दा बढी प्राप्तहुने मत सहि तरिका बिधि र प्रकिृया बाट प्राप्त हुन जरुरी हुन्छ । मतदाता शिक्षाले निर्वाचनको उद्देश्य पुरा गर्नको लागि गन्तब्य तर्फ उन्मुख गर्न थप सहयोग गर्दछ । बिकासोन्मुख तथा गरिब राष्ट्रमा यस्तो मत बदर हुने दर बढी हुने गर्दछ । निर्वाचन लाई सासन ब्यवस्था सुधारको साँचोको रुपमा लिईन्छ । त्यसैले मतदान निर्वाचनको अभिन्न अंग हो , त्यसकारण निर्वाचनलाई बढी ब्यवाहारीक, बस्तुनिष्ठ, प्रभावकारी बनाउन मतदान प्रकिृया सुधार, न्युन तथा सुन्य मत बदर आजको प्रथमिकता हो । निर्वाचनको आयोग मार्फत मात्र संचालीत यो मतदाता शिक्षा कार्यक्रम दलहरुको अपेक्षित नतिजाका लागि र निर्वाचनको मुख्य उद्देश्य हाँसिल गर्न मतदाता शिक्षा कार्यक्रम दलको समेत जिम्मेवारी हो । दल लाई प्रत्यक्ष प्रभाव पार्ने यस मतदाता शिक्षा कार्यक्रममा दल लाई जिम्मेवार बनाउने र दलले मतदाता शिक्षा कार्यक्रम लाई कर्तब्य बोध गरि जिम्मेवारी पुरा गर्न अग्रसरता नलिएको तत्कालीन अवस्था छ । निष्र्कष भन्नुपर्दा निर्वाचन प्रणाली सुधार गर्न निर्वाचनको प्रकिृयालाई सुधार गर्नु पर्छ व्यवाहारीक परिर्वतित व्यवस्था लागु गरिनु पर्छ । प्रबिधिको प्रयोग ,शिक्षाको स्तर बृदि, प्रभाबकारी बिधि प्रकिृया निमार्ण बाट मत बदर न्युन हुदै सुन्य हुनेछ । निर्वाचनमा हुने बदर मत निर्वाचन प्रणाली तथा बिधिको चुनौति र असफलता हो । त्यसैले बदर मत न्युन गर्न निर्वाचन आयोगका व्यवाहारीक अभ्यासका अतिरिक्त प्रतिस्पर्धि दल लाई जिम्मेवारीको रुपमा मतदाता शिक्षा कार्यक्रम बनाउन सके हाम्रो निर्वाचन प्रणालीको सत उद्देश्य पाप्त हुन्छ । हामिले चाहेको निर्वाचन परिणाम हाँसिल हुन्छ । आफनो जिन्दगिको मालिक आफै हुनुपर्छ , त्यसैले यस स्थानिय तह निर्वाचन २०७९ मन जितेका लाई मतदान गर्नुहोस ।।

    ( लेखक सन्तोष बराल महेन्द्र बहुमुखी क्याम्पस धरान एलएल बि कानुन संकायमा निर्वाचन कानुन को विद्यार्थी हुनु हुन्छ । माथि उल्लेखित बिचार निजका ब्यतिगत बिचार हुन ब्यतिगत आबद्धता रहेका संस्था र निकायहरु संग यस लेखको कुनै सम्बन्ध रहेको छैन । )

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.