नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनै तहका निर्वाचनमा पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले आसन्न स्थानीय तह र संघीय संसद् निर्वाचनमा एमालेलाई जनताको साथ र समर्थन रहने बताएका हुन्।
सन्देशमा उनले एमालेले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको दाबी गरेका छन्।
Advertisement
नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताका लागि लचकतायुक्त श्रम बजार सुनिश्चित गरी औद्योगिक क्षेत्रमा अनावश्यक हडताल र संघर्ष गर्नुनपर्ने अवस्था सिर्जना गरेको बताए।







