सशस्त्र प्रहरी बल का गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले शनिबार वीर गणेशमानसिंह १० किलोमिटर रोड रेसको उपाधि जितेका छन् ।
वीर गणेशमानसिंह फाउन्डेसन स्पोर्ट्स कमिटीले आयोजना गरेको प्रतियोगितामा गोपीचन्द्रले दश किलोमिटर रोड रेसमा पुरुषतर्फको उपाधि जितेका हुन् । गोपीचन्द्रले निर्धारित दुरी ३१ मिनेट ११.४ सकेन्डमा पार गरेका थिए । गोपीचन्द्रले यसअघि आफैंले बनाएको कीर्तिमान तोडेका हुन् । गोपीचन्द्रको नाममा ३१ मिनेट ४४.४९ सेकेन्डको कीर्तिमान थियो ।
त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी दोस्रो भए । उनले ३१ मिनेट १५.२ सेकेन्डमा दुरी पार गरेका हुन् । ३१ मिनेट २०.४ सेकेन्डमा निर्धारित दुरी पार गरेका त्रिभुवन आर्मीकै राजन रोकाया तेस्रो भए ।
महिलतर्फ कीर्तिमानसहित पहिलो स्थान हासिल गर्न सफल राजपुराले निर्धारित दूरी ३७ मिनेट १०।५ सेकेन्डमा पूरा गरिन् । महिलातर्फ यसअघि सन्तोषी श्रेष्ठको नाममा रहेको ३७ मिनेट ५३।४५ सेकन्डको कीर्तमान थियो । एपीएफकी पुष्पा भण्डारी दोस्रो भइन् । उनले ३८ मिनेट ०४।३ सेकेन्डमा दुरी पूरा गरेकी हुन् । एपीएफकै विन्द्रा श्रेष्ठले ४० मिनेट २८।९५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो स्थान हासिल गरिन् ।







