मेघ गर्जनसहित चट्याङ लागेर अछामकाे पञ्चदेवल विनायक नगरपालिकामा एक बालकको मृत्यु भएको छ।
खाना खाएर शुक्रबार बेलुका परिवारसँग सुतेका पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला निवासी १२ वर्षीया सुरत कामीको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।
शुक्रबार राति करिब १२ बजेतिर घरमा चट्याङ पर्दा सोही घरका ६० वर्षीय रने कामी, ५५ वर्षीया मीना कामी, ५० वर्षीया जयसरा कामी, ७० वर्षीय बृकेश रावल घाइते भएका छन्।
Advertisement
रने, मीना र जयसराको हालसम्म होस नआएको र उपचारका लागि लैजान तयार रहेको वडा अध्यक्ष गोविन्द रावलले जानकारी दिए।







