नेकपा एमाले हल्दिवारीको घरदैलो कार्यक्रम उत्साहकासाथ शुरु भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा अत्याधिक बहुमतकासाथ विजयी हुने लक्ष्य सहित एमालेले हल्दिवारी गाउँपालिकाको घरदैलो कार्यक्रम गरिरहेको छ । एमालेले शुक्रबार हल्दिवारी १ नम्बर वडामा घरदैलो गरेको हो ।
आज बिहान पार्टीको तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गर्दै घरदैलोमा आज अध्यक्ष पदका उम्मेदवार डम्बर बहादुर गिरी , उपाध्यक्ष पदका उम्मेद्बार शान्तादेवी गौतम सहित वडा नं-१ का वडाध्यक्ष पदका उम्मेद्बार त्रिलाेचन सापकोटा पार्टी प्रदेश कमिटी सचिवालय सदस्य सोमनाथ पोर्तेल इन्चार्ज नरेश चुडाल लगायतका नेताहरुको सहभगीता थियो ।
नेकपा एमाले हल्दिवारीको घरदैलोमा एमाले कार्यक्रर्ता र जनताको उत्साहजनक उपस्थिति देखिएको छ । घरदैलोमा देखिएको सयौंको उपस्थितिले एमालेका नेताकार्यकर्तामा उत्साह देखिएको छ । यस अघिको निर्वाचनमा एमालेले उपाध्यक्ष सहित बहुमत प्राप्त गरेको थियो ।
उपाध्यक्ष पदका उम्मेद्बार गिरिले गाउँपालिका बाट कुनै सवारीसाधन र अन्य अनावश्यक सुबिधा नलिने जनताको सेवा गर्दै समृद्धिको अभियान लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
वडाध्यक्ष उम्मेद्बार सापकोटाले अधुरो काम सम्पन्न गर्दै समृद्ध हल्दिवारी निर्माण गर्ने बताए ।
उनीहरुले एमालेको नीति जनप्रतिनिधि शासक होईन सेवक हो नीति लाई जनताको नाममा सपथ लिने र कामको मुल्यांकन गर्न आग्रह गरे ।







