वैशाख ३० गतेको आसन्न स्थानीय तहको निर्वाचनका उमेदवार यतिबेला मत माग्न व्यस्त छन् ।
देशै भरि सम्पुर्ण दलका उमेद्वार आआफ्ना पार्टीका झण्डा र घोषण पत्र बोकेर घरदैलोमा निस्किएका छन ।
स्थानीय पालिकाहरुमा उठेका प्रमुख तथा उपप्रमुख पदका उमेदवार स्थानिय नेताकार्यकर्ता मात्र नभएर केन्द्रीय नेतालाई साथै लिएर मतदातासँगको घरदैलोमा सक्रिय बनेका छन् ।
Advertisement
सरकारले स्थानिय निर्वाचन समयमै र शान्तीपूर्ण ढंगले सम्पन्न गर्ने गरि अभ्यास गरिरहेको छ ।
निर्वाचन आयोगले पनि उमेद्वारि फिर्ता लिने समया आज बेलुका ५ बजे सम्म लाई दिएको छ ।







