सत्तारूढ दल नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागी उमेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने उर्दी जारी गरेको छ ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्रोही उमेदवार, निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जानकारी दिएका छन् । यस्तै, आज बेलुका ५ बजेभित्र त्यसरी दर्ता गराइएको उमेदवारी फिर्ता लिन पनि निर्देशन दिइएको छ ।
Advertisement
विज्ञप्तिमार्फत तोकिएको समयभित्र ‘बागी’ उमेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी पनि दिइएको छ ।
निर्वाचन आयोगले आज बेलुका ५ बजेसम्म उमेदवारी फिर्ताको समय तोकेको छ ।







