सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको प्रमुखरउपप्रमुखमा पुरुषलाई नै उम्मेदवार बनाएको छ । जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै प्रमुख र उपप्रमुखमा उम्मेदवार बनाएको हो ।
नेपाली काँग्रेसले १५ वटै पालिकाको प्रमुख पद र नेकपा माओवादी केन्द्र ले उपप्रमुख र उपाध्यक्ष पदमा उम्मेदवार बनाउने सहमति सत्तारुढ गठबन्धन दलबीच भएको थियो । सोही सहमतिका आधारमा उम्मेदवार तय गर्दा माओवादी केन्द्रले अधिकांश पालिकामा उपप्रमुख र उपाध्यक्ष पदमा पुरुषलाई नै उम्मेदवार बनाएको बताइएको छ ।
Advertisement







