एमाले जिल्ला कमिटी सदस्य तथा मेचीनगरका इन्चार्ज देवकुमार राईले स्वतन्त्रबाट नगरप्रमुख पदका लागि दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् ।
हिजाे मनोनयन दर्ता गराएका देवकुमार राईले आज उम्मेद्वारी फिर्ता लिएको फेसबुकमार्फत् सार्वजनिक गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत आफू नेकपा एमालेको जिम्मेवार कार्यकर्ता भएकाले पार्टी हित विपरित आफ्नो उम्मेद्वारी नरहेको जनाएका छन् । राईले आफ्नो उम्मेद्वारी प्रवृत्तिको विरुद्ध भएको सन्देश दिन मात्र दर्ता गराएको जनाएका छन् । आफू नेकपा एमालेको सदस्य भएकोमा गर्व गर्दै पार्टीले उठाएको उम्मेद्वारलाई विजय गराउन आजैबाट लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Advertisement







