एमाले बिर्तामोड नगर कमिटीले चनावी प्रचार सुरु गरेको छ।
एमालेले बिर्तामोड वडा नम्बर-१ बाट चुनावी अभियान सुरु गरेको एमाले नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।
Advertisement
नगर प्रमुखकी उम्मेदवार पवित्रा महतरा प्रसाईले बिर्तामाेडकाे समग्र विकासमा एमालेले यसअघि पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको र थप विकास र समृद्धि का लागि एमालेलाई मतदान गर्न अनुरोध गरिन् ।
नगर कमिटीको घरदैलोमा चुनावी प्रचार संयोजक एवम् राष्ट्रियसभाका पूर्व सदस्य हरिचरण सिवाकाेटी, प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, नगर इञ्चार्ज देवराज कार्कीसहित नेता कार्यकर्ताको टोली सहभागीता रहेकाे छ ।







