स्थानीय चुनावमा एमालेले ३ स्थानीय पालिकाहरुमा महिलालाई प्रमुख उम्मेदवारको रुपमा अगाडि सारेको छ ।
एमाले झापाका स्थानीय तहमा महिलालाई प्रमुख पदको उम्मेद्वार बनाएर देशमै महिलामैत्री पाटीको दर्जामा राखेको छ । गठबन्धनको नाममा महिला उपबाट समेत हराउने अवस्था आएको भन्दै अन्य पार्टीका महिला नेत्रीहरु आन्दोलन गर्न थालेका छन् ।
Advertisement
झापामा ३ जना महिलाले प्रमुख पद्का लागि मनाेनयन दर्ता गराएका छन । दमक नगरपालिकाको प्रमुखमा गीता अधिकारी, बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतारा प्रसाई र बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मीरा भुर्तेल सिफारिस भएका हुन् ।







