पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी लोसपा की प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ।
पछिल्लो दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित झाको उपचारका क्रममा गए राति काठमाडौंमा निधन भएको लोसपा नेता सुरेन्द्रकुमार झाले जानकारी दिए।
संविधानसभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन्।
Advertisement







